बिहीबार, साउन ७, २०८३

पन्ध्रसय छठ ब्रतालुलाई साडी तथा पूजा सामग्री वितरण

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
जनकपुरधाम- काठमाडौंबाट प्रकाशित नेपाल समय डटकम तथा जनकपुरस्थित रेडियो मिथिला एवं मिथिला डटकम दैनिकले अन्य वर्ष झैं यस वर्षपनि छठ ब्रतालुहरुलाई साडी एवं पूजा सामग्री वितरण गरेको छ ।

सोमबारदेखि सुरु हुने छठ पर्वको अवसरमा शुक्रबार जनकपुरमा आयोजित एक कार्यक्रममा छठ ब्रतालुहरुलाई साडीसहित पूजा सामग्री वितरण गरेको हो ।उद्यमी तथा समाजसेवी विश्‍वनाथ प्रसाद शाहले ब्रतालुहरुलाई साडी र पूजा सामग्री उपलब्ध गराएका हुन्। शाहले विगत २५ वर्षदेखि छठको अवसरमा ब्रतालु महिलालाई साडी र पूजा सामग्री वितरण गर्दै आएका छन्। शाह नेपाल समय, रेडियो मिथिला र मिथिला डटकम दैनिकका अध्यक्ष हुन्।

अध्यक्ष शाहको अध्यक्षता तथा जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा करिब १५ सय ब्रतालुहरुलाई साडी, गहुँ र नगदसहितका सामग्री वितरण गरिएको हो ।


छठ पर्व गर्ने ब्रतालुहरुले नयाँ साडी लाउनुका साथै गहुँको पिठोले तयार पारिएको प्रसादले पूजा गर्नुपर्ने भएकोले यस अवरसमा ती सामग्रीहरु वितरण गरिएको छ ।

कार्यक्रममा बोल्दै मेयर साहले नेपालीहरुको महान एवं पवित्र पर्व छठलाई लक्षित गरी संस्थाद्धारा ब्रतालुहरुलाई साडी एवं पूजा सामग्री वितरण गरिने कार्य प्रशंसनीय रहेको बताए । शुद्धतालाई विशेष ध्यान दिइने छठ पर्वको अवसरमा आर्थिक रुपले विपन्न परिवारका ब्रतालुहरुलाई साडी तथा पूजा सामग्री वितरणको कार्य सराहनीय रहेको भन्दै मेयर साहले आगामी वर्षहरुमा समेत यसलाई निरन्तरा दिन आग्रह गरेका छन् । जनकपुरधाम उपमहानगरपालिका विकासको गतिमा अगाडी बढी सकेको र केहि दिन भित्रै परिवर्तन देखिने उनको भनाइ थियो ।


उद्यमी तथा समाजसेवी विश्‍वनाथ प्रसाद शाहले जनकपुरस्थित मन्दिरका महन्तको आग्रह अनुसार साडी वितरण गर्ने कार्य सुरु गरेको भन्दै यसलाई निरन्तरता दिने वचनवद्धता व्यक्त गरे। डिभी ग्रुप अफ कम्पनीजका संस्थापक तथा ट्रिटन इन्टरनेशनल कलेजका अध्यक्षसमेत रहेका शाह सामाजिक कार्यमा समेत सक्रिय रहँदै आएका छन्। 

यसैगरी कार्यक्रममा बोल्दै वृहत्तर जनकपुर क्षेत्र विकास परिषदका अध्यक्ष दिगम्बर राय,  पूर्व उपमेयर किशोरी साह,पत्रकार रामभरोस कापडि,जनकपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष जीतेन्द्रप्रसाद साह, राम युवा कमिटीका पूर्व अध्यक्ष प्रमोद चौधरी, राम युवा कमिटीका पूर्व निर्देशक लगायतका व्यक्तिहरुले यस कार्यलाई हरेक वर्ष निरन्तरता दिन आग्रह गरेका थिए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।