बिहीबार, साउन ७, २०८३

खोटाङमा भिषण आगलागी : पाँच घर नष्ट

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
खोटाङ-  खोटाङको दिक्तेल बजारमा भीषण आगलागी हुँदा पाँच घर नष्ट भएका छन् । दुई घर जलेर नष्ट भएका छन् भने तीन घर भत्काइएको छ । 

शुक्रबार करिब साढे तीन बजेबाट सुरु भएको आगोले दिक्तेल बजारको रत्नपार्कस्थित अम्बिका बुढाथोकी र कृष्ण श्रेष्ठको घर नष्ट भएको छ । आगो नियन्त्रण गर्ने क्रममा अन्य तीन घर भत्काइएको छ । आगो नियन्त्रणका लागि नवीन गुरुङ, रविध्वज राई र राजु श्रेष्ठको घर भत्काइएको छ ।

अम्बिका बुढाथोकीको पूजा कोठाबाट विहान करिव ३ बजेतिर सुरु भएको आग्लागी तीन घण्टापछि मात्र नियन्त्रणमा आएको थियो। आगो नियन्त्रणमा लिन प्रहरी, सशस्त्र, सेना तथा स्थानीय खटिएका थिए । आगलागीबाट भएको क्षति विवरण आइनसकेको प्रहरीले जनाएको छ । 

नगरपालिकाको दमकल नहुँदा आगो नियन्त्रणमा ढिलाई भएको थियो । दिक्तेल रुपाकोट नगरपालिकाको दमकल भने थन्किएरको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।