शनिबार, जेठ ३०, २०८३

जलेश्वरमा राति डीएसपी घाइते अवस्थामा भेटिए

 |  आइतबार, साउन ७, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, साउन ७, २०८०
National life
Shivam cement

महोत्तरीमा एकजना प्रहरी नायब उपरीक्षक (डीएसपी) कुटिएका छन्। प्रदेश प्रहरी गण जनकपुरमा कार्यरत डीएसपी चन्देश्वर यादव कुटपिटबाट घाइते भएका छन्।

शुक्रबार राति १० बजेतिर जलेश्वर नगरपालिका-२ बसपार्क नजिक विद्यापति नगरमा उनी घाइते अवस्थामा फेला परेको महोत्तरी प्रहरीले जनाएको छ। त्यसपछि लगत्तै यादवलाई अस्पताल पुर्‍याइएको थियो। डीएसपी यादवको दायाँ खुट्टा फ्याक्चर भएको छ। 

घटनाको छानबिन गर्न मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरले एसपी महेन्द्रकुमार श्रेष्ठको नेतृत्वमा तीन सदस्य समिति गठन गरेको छ।
 

प्रकाशित: Jul 23, 2023| 10:09 आइतबार, साउन ७, २०८०
प्रतिक्रिया दिनुहोस्