बिहीबार, साउन ७, २०८३

बदलिदो तिहार : बज्दैन मादलु, फुल्दैन मखमली

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
सुर्खेत- आँगनमा मखमली र सयपत्रीहरु ढकमक्क फुल्थे । मादल बोकेर बादी समुदाय घरघर पुग्थे । मौसमी लाहुरेहरुको घरफर्कने लहरै चल्थ्यो । जब सबै मिलेर पानीपधेरो र बाटोघाटो सफा गर्थे । अनि बल्ल आउथ्यो गाउँमा तिहार । 

गाउँको जेठो अगुवा लाग्थे, लस्करै उसकापछि दाजुभाइहरुको लाम हुथ्यो । ठूलो आवाजको मादलसँगै भनभन भाइ हो भन्नेपछि भैलीको संयुक्त आवाजले गाउँमा छुट्टै रौनक हुथ्यो । बुढादेखि बच्चासम्मको संयुक्त भैली जसलाई ठूलो भैलीको नाम दिइन्थो । भैलोसँगै सैरेली गाउँने दिदीबहिनीहरुको साथले गाउँमा तिहारको थप आनन्द हुथ्यो । 

तर आजभोली देउसी भैलोमा यि कुराहरु कथा जस्तै हुन थालेका छन् । आधुनिकतासँगै मादलको स्थान डेग र उफरले ओगटेको छ । मलमलीको ठाउँमा प्लाष्टिकका मालाले कब्जा गरेका छ । पछिल्लो समय बदलिदै गएको तिहारले सामाजिक एकता र मौलिख संस्कृतिहरु हराउँदै गएका छन् । जसका कारण गाउँमा मादल बज्न छोडेको छ, मखमलीहरु फुल्न छोडेका छन् ।

मादलको स्थान उफरले लिएपछि बादी समुदायको पेशानै संकटमा परेको छ । आधुनिकतासँगै मादल बिक्री हुन छोडेको पञ्चपुरी–६ का झिल्के बादी बताउँछन् । ‘पहिले तिहारमै वर्षदिनको खर्च उठ्थ्यो’ उनी भन्छन् ‘आजभोली तिहारमा बादल किन्ने आउनै छोडे ।’ मादल बनाउने खमारी र मौवा बनले काट्न रोक्का गरेपछि पेशा नै संकटमा परेको उनको भनाई छ । ‘सधै नयाँ काट काट्न पाउँदैनौँ, वर्षदनिमा एकपटक ल्याएर बनाएको मादल पनि बिक्री हुँदैन ।’ तिहार बज्ने डेग र उफरले आफ्नो पेशालाई थप संकटमा पारेको उनको बुझाई छ ।

फुल्नै छोड्यो मखमली

आधुनिकतासँगै गाउँघरमा मखमली पनि फुल्न छोडेको छ । आँगनमै उत्पादन हुने मखमली र सयपत्रीको मालामा भन्दा शहरमा पाइने कृत्रिम मालातर्फ मानिसहरू आकर्षित हुन थालेका छन् । 
जाजरकोट भेरी नगरपालिका– की उषा ओलीले यसपालिको तिहारमा भाइलाई लगाइदिने माला सुर्खेतबाटै माला किनेर लगेकी छिन् । ‘बजारको माला हेर्दा राम्रो र सजिलो हुन्छ ।’ उषाले भनिन ‘माला उन्ने फूर्सद पनि हँदैन जसले गर्दा मखमली प्राय लगाउँदैनौँ ।’ दाजुभाईले पनि हजारी र दुबोभन्दा शहरकै माला राम्रो मान्ने उनको बुझाई छ । उषा मात्रै होइन आजभोली अधिकाँस दिदीबहिनीले दाजुभाइलाई प्लाष्टिककै माला लगाइदिने चलन बढ्दै गएको छ ।

जसले गर्दा शहरदेखि गाउँसम्म प्लाष्टिकका मालाहरूले पसल भरिएका छन् । देखावटी र महत्व नबुझेकै कारण तिहारमा सयपत्री, मखमली फूल फुल्न छोडेको छ । मखमली कहिल्यै ओइलाउदैंन, सयपत्रीको रंग कहिल्यैँ उडेर जाँदैन भने दुबो सधैं हरियो रहन्छ भन्ने पौराणिक कथन छ । यसरी आफ्ना दाजु भाइको सम्बन्ध सयपत्री, मखमली र दुबोको माला जस्तै होस् भन्दै कामना गर्दै दिदीबहिनीले सप्तरंगी टिका लगाउने चलन छ  । तर युवापुस्ताले यसको महत्व भूलेको वीरेन्द्रनगर–६ चन्द्रा गिरी बताउँछिन् ।



घट्दै एकता, हराउँदै सद्भाव

आधुनिकतासँगै गाउँमा तिहारको महत्व घट्न थालेको छ । तिहारमा दाजुभाई र छरछिमेकीमा देखिने एकता र सद्भाव विस्तारै कम हुँदै गएको छ । दलिय राजनीतिक विकृति, गाउँमा युवाहरुको कमीका कारण तिहारको सद्भाव हराउन थालेको हो ।
रोजगारीका लागि खाडी मुलुकमा पुगेका युवाहरुले छुट्टी पाउँदैनन, जसले युवा विहिन तिहारमा सामाजिक एकतामा पनि कमी आएको छ । ‘भएका सानासाना केटोकटी पनि डेग लिएर उफ्रिन्छन् ।’ वीरेन्द्रनगर –१० का श्याम खरेल भन्छन् ‘पहिले तिहारको रमाइलो छुट्टै हुथ्यो आजभोली त युवाहरुनै हुँदैनन् के को रमाइलो हुनु ।’

तेरो र मेरो पार्टी भन्ने राजनीतिक विकृतिले चाडपर्वको एकता र सद्भावमा कमी ल्याएको उनको बुझाई छ । उसो त महगीकै कारण नेपालका विभिन्न शहरमा पुगेका युवापुस्ता पनि दशै र तिहार मध्ये एउटा पर्वमा मात्रै घर पुग्ने गर्दछन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।