बिहीबार, साउन ७, २०८३

बोल्न नसक्ने बृद्दा बलात्कारको आरोपमा २ पक्राउ

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
धनगढी- ५७ वर्षीया बोल्न नसक्ने महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा अछामको चौरपाटी गाउँपालिका ६ दुनीमा दुर्इ जना पक्राउ परेका छन । 

महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा स्थानीय फुंगे आउजीको छोरा ३१ वर्षीय नाउटे आउजी र १९ वर्षीय बुद्धि आउजी पक्राउ परेका हुन । स्थानीय नाउटे आउजीले यहि कार्तिक १५ गते मादक पदार्थ सेवन गरी राति ११ बजे महिला सुतेको कोठामा गएर जबरजस्ती करणी गरेको भनी प्रहरीमा आएको जाहेरीका आधारमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । 

कार्तिक १६ गते पीडितले प्रहरीमा दिएको जाहेरीका आधारमा नाउटे आउजीलाई पक्राउ गरी जबरजस्ति करणी सम्वन्धि मुद्धा दर्ता गरिएको थियो । नाउटे आउजीको बयान गराँउदा उक्त घट्नामा सोही ठाउँका स्थानीय डम्मरे आउजीका १९ वर्षीय छोरा बुद्धि आउजीको समेत संलग्नता रहेको खुल्न आएकाले बुद्धि आउजीलाई समेत पक्राउ गरि जबरजस्ती करणी अन्तगर्त मुद्दा चलाईसकिएको जिल्ला प्रहरी कार्यालय अछामका कार्यालय प्रमुख डिएसपी जनकबहादुर शाहीले जानकारी दिए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।