बिहीबार, साउन ७, २०८३

तिहारमा कति भयो फूलको व्यापार ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं-भक्तपुर झौखेलका राजन शाहीलाई यतिबेला बजारमा फूल पुर्‍याउन भ्याइनभ्याइ छ । परीक्षण लागि फूलखेती थालेका उनले अहिले यसलाई व्यवसाय बनाएका छन् । उनका अनुसार फूलखेतीमा थोरै परिश्रम र आर्थिक लगानीबाट पनि राम्रो आम्दानी भएको छ । बजारमा माग ज्यादा रहेकाले आपूर्ति गर्न कठिनाइ भइरहेको उनले बताए । उनले भने, 'बजारमा एउटा सानो मालाको ५० देखि ६० रुपैयाँ पर्छ । हाम्रीले एउटा माला २० देखि ३० रुपैयाँमा बेच्छौँ ।' आफैंले बजार व्यवस्थापन गर्न सके अझ आम्दानी हुने उनले बताए । 

अर्का पुष्प व्यसायी दिलीप वादे पुष्प व्यवसायबाट वार्षिक सात लाख रुपैयाँसम्म आम्दानी गर्छन् । आफ्ना पितासँग २०३३ सालदेखि पुष्प व्यवसाय थालेका उनले अहिले राजधानीका गोल्फुटार र थलीमा नर्सरी सञ्चालन गरिरहेका छन् । थोरै लगानीमा पर्याप्त आम्दानी गर्न सकिने उनको अनुभव छ । उनले भने, 'तसैंतिहारका बेला उपभोक्ताको मागबमोजिम आपूर्ति गर्न सकिएको छैन ।' 

यस वर्षको तिहारमा २२ लाख रुपैयाँको फूल कारोबार हुने अनुमान गरिएको छ । फ्लोरिकल्चर एसोसिएसन नेपालका अध्यक्षले कुमार कसजुका अनुसार करिब १५ लाख रुपैयाँको सयपत्री र ७ लाख रुपैयाँको गोदावरी र मखमली फूल कारोबार हुने प्रारम्भिक अनुमान छ । यसमध्ये तीन लाख रुपैयाँ बराबरको सयपत्री भारतबाट आयात गरिन्छ । करिब १२ लाख रुपैयाँको सयपत्री फूल भने स्वदेशी उत्पादनबाटै कारोबार हुने गरेको छ ।


केही वर्षदेखि वार्षिक करिब तीन लाख रुपैयाँको मखमली फूल विदेशतर्फ निर्यात गर्न थालिएको जानकारी उनले दिए । उनका अनुसार मखमली फूल अस्ट्रेलिया, बेलायत, अमेरिका, क्यानडालगायतका नेपाली समुदायको बसोबास रहेका मुलुकमा निर्यात भइरहेको छ । विगतमा भन्दा यसवर्ष फूल आयातमा १० प्रतिशत कमी हुने देखिएको छ ।

केही वर्षयता नेपालमा प्लास्टिकका फूलको पनि माग बढेको छ । स्वच्छ र प्राकृतिक फूलको विकल्पमा यस प्रकारका फूल उपभोक्ताको रोजाइमा परेको देखिन्छ ।

तिहार र फूल पर्याय

यमपञ्चक अर्थात् तिहार । मुलुकभर हामी यो पर्व उत्साहपूर्वक मनाइरहेका छौँ । तिहार भन्नेबित्तिकै हाम्रो मानसपटलमा मखमली, सयपत्री र गोदावरीको फूलको सम्झना आइहाल्छ ।  वरिष्ठ लोकसंस्कृतिविद् तुलसी दिवसका अनुसार मानिसले प्राचीन कालदेखि जन्मदेखि मृत्युसम्मका विभिन्न अवसरमा प्रयोग गर्दै आएको छ । 

यस्ता प्रायः अवसर र उत्सवहरुमा देव–पितृ खुसी पार्नका लागि फूल चढाइन्छ । तर तिहारमा प्रयोग गरिने फूलको भने भिन्ने महत्त्व छ । खासगरी भाइटीकामा दिदीबहिनीले दाजुभाइलाई लगाइदिने मखमली फूलको मालाले दाजुभाइ र दिदीबहिनीको सम्बन्धलाई कसिलो बनाउन मद्दत गरेको हुन्छ । पहाडमा मखमलीलाई सुपारी फूल भनिने लोकसंस्कृतिविद् दिवसले बताए । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।