बिहीबार, साउन ७, २०८३

‘ओली सरकार ज्ञानेन्द्र पथमा हिंडेको छ’

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
जनकपुरधाम-नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रमुख सचेतक बालकृष्ण खाँणले केपी ओली नेतृत्वको वर्तमान सरकार पूर्वराजा ज्ञानेन्द्र पथमा हिंडेको आरोप लगाएका छन् ।

खाँणले दुई तिहाइ बहुमतको दम्भ देखाएर सरकार संविधान र लोकतन्त्रविरुद्धको गतिविधि गर्दै अगाडी बढेको भन्दै जनता अहिले पूर्वराजा ज्ञानेन्द्रको शासन अनुभूति गरिरहेको बताए ।

‘नेकपाको सरकार बहुमतको दम्भमा मातेर लोकतन्त्रविरुद्धको गतिविधि गर्दै अगाडी बढेको छ,’ बुधबार जनकपुरमा पत्रकार भेटघाटमा खाँणले भने,‘कम्युनिस्टहरुको सर्वसत्तावादी र केन्द्रीकृत सोचका कारण संघीयता नै धरापमा पर्ने खतरा बढेको छ ।’

नेपालको विविधतालाई सम्बोधन लोकतन्त्रले मात्र गर्न सक्ने भएपनि अहिलेको कम्युनिस्ट सरकार विगतको पुरानो पञ्चायती शैलीमा अगाढी बढिरहेको खाँणले बताए ।

खाँणले अत्याधिक करवृद्धिका कारण जनताको क्रयशक्ति हस भएको भन्दै संघीयताप्रति वितृष्णा फैलाउन सरकारले यस्तो नीति अपनाएको आरोप लगाए । 

लोकतान्त्रिक शक्तिले मात्र संघीयतालाई अगाडी बढाउन सक्ने भन्दै उनले कम्युनिस्टहरुको विचारधारा नै संघीयता विरोधी रहेको बताए । प्रदेश सरकारहरुलाई केन्द्र सरकारले कुनै अधिकार र अख्तियारी नदिएकोले संघीयता कार्यान्वयन संकटमा परेको उनको भनाइ थियो ।

‘नागरिकको आधारभूत आवश्यक्ता पुरा गर्नसमेत सरकार असफल भएको छ,’ खाँणले भने,‘मुलुकमा हत्या हिंसा बढेको छ, दोषीलाई सरकारले कारबाहीको दायरामा ल्याउन सकेको छैन् । यस्तै गतिविधि रहे सरकार पाँच वर्ष चल्नेबाला छैन् ।’

सरकार सञ्चालन गर्न बहुमत रहेकैबेला अन्य दललाई सरकारमा सहभागी गराएर दुई तिहाई पु¥याएपनि संविधान संशोधनको कुरा गर्न नसक्नु दुखद रहेको उनको भनाइ थियो ।

सर्वहाराको नाउँमा राजनीति गर्दै आइरहेको कम्युनिस्टहरु आगामी १० वर्षभित्र संसारबाट समाप्त भएर जाने दाबी गदैै खाँणले कांग्रेस कमजोर भए राष्ट्रियता र लोकतन्त्र कमजोर हुने बताए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।