बिहीबार, साउन ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • पदको दम्भ देखाउँदै मन्त्रीको अस्पतालमा कुरुवामाथि कुटपिट, बच्चाको मृत्यु

पदको दम्भ देखाउँदै मन्त्रीको अस्पतालमा कुरुवामाथि कुटपिट, बच्चाको मृत्यु

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
जनकपुरधाम-स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा.सुरेन्द्र यादवले जनकपुरमा सञ्चालन गरेको जानकी हेल्थ केयर एण्ड सिरर्च सेन्टरका कर्मचारीहरुले बिरामीका कुरुवाहरुलाई निर्घात कुटपिट गरेका छन् ।

जानकी हेल्थ केयर सेन्टरमा प्रसुतिका लागि पुगेकी एक महिलाको कुरुवाहरुलाई त्यहाँका कर्मचारीहरुले कुटपिट गरेका हुन् । मंगलबार राति प्रसुतिका लागि जानकी हेल्थ केयर सेन्टर पुगेकी महोत्तरी बर्दिवास नगरपालिकाकी सृजना महतोकी काका किशोरी महतोलाई कुटपिट गरी अस्पतालका कर्मचारीहरुले आँखा फुटाई दिएका छन् । यसैगरी कर्मचारीहरुको कुटपिटबाट अन्य तीनजनालाई चोटपटक लागेको छ ।

आँखामा गम्भीर चोट लागेको सृजनाकी काका किशोरीलाई उपचारको लागि बाहिर रेफर गरिएको छ । कुटपिटबाट सृजनाकी अर्का काका हरि महतो, भाइ मोहन महतो र नन्द सुनिता महतोलाई चोटपटक लागेको छ ।

प्रसुतिका लागि २६ वर्षीय सृजना मंगलबार बर्दिवासस्थित एक अस्पतालमा भर्ना भएकी थिइन् । बच्चाको मुटुको गति कम रहेको भन्दै बर्दिवास अस्पतालले सिर्जनालाई जनकपुर रेफर गर्‍यो । उनी जानकी हेल्थ केयर सेन्टरमा मंगलबार राति ८ बजे भर्ना भइन् । सिर्जना भर्ना भएको समय प्रसुतिसम्बन्धी चिकित्सक अस्पतालमा थिएनन् ।

र्सिजनासँगै पुगेका कुरुवाहरुले डाक्टर बोलाउन नर्स तथा अस्पताल प्रशासनलाई पटक पटक आग्रह गरे । र, उनीहरुले ५ मिनेटमै डाक्टर पुग्ने आश्वासन समेत दिएको थियो । 

तर राति ९ बजेसम्म पनि डाक्टर नआएपछि बच्चाको घाँटी पेटमै अडकेर मृत्यु भएको सृजनाकी बुबा उमेश महतोले बताए । डाक्टर बोलाउन पटक पटक आग्रह गरेपनि अस्पताल प्रशासनले बास्ता नगरेकोले बच्चाको मृत्यु भएको उमेशको भनाइ छ ।

बच्चाको मृत्युपछि सृजनाको भाइ मोहनले डाक्टर नआउने र यहाँ प्रसुती सम्भव नहुने कुरा शुरुमै किन नभनेको भन्दै आक्रोश पोखेपछि विवाद भएको उमेशले जनाएका छन् ।

विवाद भएपछि अस्पतालका कर्मचारीका साथै बाहिरबाट मानिस बोलाएर मन्त्रीको अस्पताल रहेको भन्दै २०÷२५ जनाको समूहमा रहेका व्यक्तिहरुले आफ्नो छोरा, भाइ र सृजनाकी नन्दलाई कुटपिट गरेको उनले जनाए ।

‘पिट नपिट के गर्छ, आफ्नै मन्त्रीको अस्पताल हो भन्दै उनीहरुले कुटपिट गरे,’ उमेशले भने । विवाद भएपछि आफूहरुले प्रहरीलाई फोन गरेको र प्रहरीले एक कर्मचारीका साथै छोरा मोहनलाई समेत नियन्त्रणमा लिएको उनको भनाइ छ । शक्तिको आड लिएर आफूहरु माथि अन्याय भएको भन्दै न्यायका लागि गुहार गरेका छन् । 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।