काठमाडौं-तास खेल्ने पर्वको रुपमा परिचित तिहारलाई लक्षित गर्दै यो वर्ष आठ करोड रुपैयाँको तास नेपाल भित्रिएको छ । नेपालमा अमेरिका, हङकङ, मलेसिया, पोल्यान्ड, ताइवान, थाइल्यान्डबाट तास आयात हुन्छ।
चालु आर्थिक वर्षमा सबैभन्दा बढी तास चीनबाट आयात भएको छ। इो वर्ष ५२ लाख प्याकेटभन्दा धेरै भएको छ। यो अघिल्लो वर्षको सोही अवधिको तथ्यांकभन्दा ४६.७६ प्रतिशत धेरै हो।
भन्सार विभागको तथ्यांकअनुसार यो वर्ष आठ करोड ६ लाख ५४ हजार रुपैयाँ बराबरको ५१ लाख ९३ हजार ८ सय प्याकेट तास आयात भएको छ। जसमध्ये चीनबाट सात ७ करोड ८७ लाख ४६ हजार रुपैयाँका ५१ लाख ५० हजार ८ सयभन्दा धेरै प्याकेट तास आयात भएको छ। बाँकी तास भारत र बेलायतबाट आयात भएको विभागले जनाएको छ ।
विभागको तथ्यांक अनुसार असोजमा झन्डै आधा तास आयात भएको देखिन्छ, असोजमा चार करोड ५४ लाखको तास आयात भएको छ। साउनमा एक करोड ४७ लाख र भदौमा ३ करोड ६ लाख ४८ हजारको तास आयात भएको छ ।
आर्थिक वर्ष २०७४/७५ को पहिलो तीन महिनामा ५ करोड ४२ लाख ७६ हजार रुपैयाँको ४८ लाख ६९ हजार प्याकेट तास आयात भएको थियो। सो वर्ष कुल १४ करोड ५७ लाख २६ हजार रुपैयाँको १ करोड २१ लाख ४४ हजारभन्दा बढी प्याकेट तास आयात भएको थियो। चीनबाट १३ करोड ५२ लाख रुपैयाँको तास आयात भएको थियो। यस्तै आर्थिक वर्ष २०७३/७४ मा कुल १२ करोड ६१ लाख रुपैयाँको १ करोड ११ लाख प्याकेट तास आयात भएको थियो।
प्रतिबन्ध लागेको तास रमाइलोका लागि खेल्न छुट
जुवातास खेलेको आरोपमा दसैं र तिहारको बेला जुवाडेलाई पक्राउ गरेको समाचार धेरै सार्वजनिक हुने गरेका छन् । सरकारले जुवातासलाई प्रतिबन्ध पनि लगाएको छ । मनोरञ्जनका लागि जुवा घर अर्थात् क्यासिनो (विदेशीलाई मात्र) बाहेक अन्य ठाउँमा बर्जित गरेको तास चार्डपर्वमा पारिवारिक रमाइलोका लागि खेल्न पाउने प्रहरीले जनाएको छ।
विगतमाजस्तै यो वर्ष पनि तिहारको समयमा पारिवारका सदस्यले आपसमा मिलेर तास खेल्न पाउने प्रहरीले जनाएको छ। तर जुवा तासको खालका झैझगडा भएमा वा आसपासका छिमेकीलाई असहज हुने गरी होहल्ला गर्दै खेलेमा, कसैको उजुरी परेमा भने प्रहरीले पक्राउ गर्नेछ ।
त्यसो त केही समयअघि उपत्यकाभित्रै तास खेल्दै गरेको समूहलाई पक्राउ गर्न खोज्दा भागदौडका क्रममा दुईजना जुवाडेको मृत्यु भएको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४