बिहीबार, साउन ७, २०८३

मनै लोभ्याउने सडक किनारका ढकमक्क फूल

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
भैरहवा-फूल भन्नेबित्तिकै धेरैले अन्दाज लगाउने गर्दछन्, यो कि घरको फूलबारी, नर्सरी वा बगैंचामा ढकमक्क फुल्छ । तर रुपन्देहीका सडकमा तिहार नजिकिएसँगै फुलेका फूलहरुले गाडीमा हुइँकिनोई पनि गति सीमित गराउन बाध्य पारेका छन् । 

‘प्रकृतिको कमाल नै भन्नुपर्दछ, एक सय २० किमि प्रतिघन्टाको गतिमा सपरिवार सडकमा हुइँकिरहेको सेतो कलरको क्रेटा गाडीको गति एकैचोटि चालीसमा झरेछ । म त हेर्‍याहेर्‍यै भएँ,’ बुटवलबाट भैरहवातर्फ जाँदै गरेका गोपाल भण्डारीले तिलोत्तमा नगरपालिका १ अन्तर्गत पर्ने सडकखण्डको फूलबारी नियाल्दै भने । उनले एकछिन गाडी रोके, गाडीको सीसा खोले र एउटा तस्बिर खिचे । उक्त फूलबारी सरस्वती नगर टोल विकास संस्थाले व्यवस्थापन गरेको हो । 

नयाँ मिलमा फुलेका पहेँलपुर सयपत्रीले जसरी अटोमेटिक रुपमा चालकको मन लोभ्याएर गाडीको गति कम गरायो, त्यसैगरी शंकरनगर क्षेत्रका राताम्मे मखमली र चायाफूलले पनि सबैको मन लोभ्याएको छ । यस्ता फूलबारी भैरहवा बुटवल सडक खण्डमा धेरै ठाउँमा छन् ।

 

तिहारका बेला फूल भएन भन्दै नेपालीले लाखौँ मूल्यको कृत्रिम फूल भारतबाट आयत गरिरहेका छन् । भैरहवा भन्सार कार्यलयका सूचना अधिकृत कलिराम पौडेलका अनुसार तिहार लक्षित गरेर चालु वर्षमा मात्रै ४३ लाख ३८ हजार मूल्य ( १४,५०१ केजी) को कृत्रिम फूल भारतबाट भित्रिसकेको छ । यसैगरी सयपत्री लगायतका फूल एक लाख ९३ हजार (२२५० केजी) को भित्रिसकेको छ । गोवद्र्धन पूजाको दिनसम्म माला भित्रिने गरेको विगतका वर्षको तथ्यांकले देखाएको छ । 

राष्ट्रिय गौरवको आयोजना भैरहवा-वुटवल ६ लेन सडक जसलाई बेलहिया- बुटवल व्यापारिक मार्ग पनि भन्ने गरिन्छ । यो सडकको पुरानो नाम सिद्धार्थ राजमार्ग हो । भैरहवाबाट बुटवलसम्म आउन जान प्रत्येक तीन मिनेटमा बस बिहान ५ बजेदेखि साँझ ८ बजेसम्म उपलब्ध छन् । उक्त सडकखण्डमा ओमसतिया गाउँपालिकाको पडसरी, ठुटिपीपल र तिलोत्तमा नगरपालिकाको कोटिहवा, भलबारी, मंगलापुर, मणिग्राम, शंकरनगर क्षेत्र पर्दछन् । 

भैरहवा-बुटवल सडक खण्डको दायाँबायाँ लस्करै घर जोडिँदै गएका छन् । २० किलोमिटर लामो दूरीको उक्त सडक नेपाल-भारत सीमा क्षेत्र बेलहिया दसगजाको समथर भूभागसँग जोडिएको छ । बेलहिया नेपालमा स्थल मार्ग हुँदै सबैभन्दा बढी पर्यटक भित्रिने नाका पनि हो । नेपालको दोस्रो ठूलो भन्सार नाका भैरहवासमेत रहेको उक्त नाकादेखि भारतको गोरखपुर, लखनउ र दिल्ली जान सहज हुन्छ ।  




प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।