बिहीबार, साउन ७, २०८३

इटहरीको मध्य चोकमा आगलागी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
इटहरीः इटहरीको मध्य बजार क्षेत्रमा रहेको एक घरमा आगलागी हुँद करोडौँ क्षति भएको प्रहरीले अनुमान गरेको छ । इटहरी बजारको उत्तरमा रहेको धरान लाइनस्थित सप्तकोशी डिजिटल फोटो स्टुडियोको माथील्लो तलाको सप्तकोशी इलोक्ट्रोनिक्सबाट आगलागी सुरु भएको हो । 

 रेखा पराजुलीको चारतले घरबाट सुरु भएको आगलागीले सँगै जोडिएको गणेश लुइटेलको घरमा पनि क्षति गरेको छ । तर, क्षतिको पुर्ण विवरण आउन भने बाँकि रहेको प्रहरीले बताएको छ । आगलागीको कारणपनि खुल्न सकेको छैन । विद्युतिय सर्ट वा अन्य कारणले आगलागी भएको हुनसक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ । 

   दिउँसो एक बजेबाट आगलागी सुरु भएको थियो । आलगाली बाट महँगा इलोक्ट्रोनिक्सका सानाहरु, गोदाम र अन्य बहुमुल्य सामानहरु जलेल तष्ट भएको इटहरी प्रहरी प्रमुख डिएसपी शिवकुमार श्रेष्ठले बताए । 

आगलागी नियन्त्रण गर्नलाइ इटहरीसँगै, धरान, इनरुवा देखी दमक सम्मका वारुणयन्त्रहरु आएका थिए । इटहरीस्थिति नेपाली सेनाको पूर्वी पृतना मुख्यालय तथा शशस्त्र प्रहरीको इटहरीमै रहेको प्रदेश १ को मुख्यालयबाट आएको जनशक्तिले आगलागी नियन्त्रणमा लगातार दुइ घन्टा बढि खटेका थिए । स्थनिय स्वयंसेवकहरु समेत खटेर आगलागीबाट थप क्षति हुन नपाएको प्रहरीले बताएको छ । 

आगलागीसँगै धरानबाट इटहरी हुँदै झापा, विराटनगर र पश्चिम नेपाल जाने सवारीहरु रोकिएका थिए । ट्राफिक प्रहरीले भित्रि बाटोबाट सवारीहरु डाइभर्ट गराएर सवारी आवागमन सूचारु गरेको थियो । आगलागी पुर्ण निमिट्यान्न नहुन्जेललाइ विद्युत प्रशारण पनि इटहरी क्षेत्रमा बन्द गरिएको छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।