बिहीबार, साउन ७, २०८३

गच्छदारलाई उपसभापति बनाएकोमा सुजाता असन्तुष्ट

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले उपसभापतिमा विजय कुमार गच्छदारलाई नियुक्त गरेकोमा असन्तुष्टि जनाएकी छिन् । आफूहरुसंग कुनै सल्लाह नै नगरी उपसभापति तोकिएको भन्दै उनले असन्तुष्टि व्यक्त गरेकी हुन् । 

रिपोर्टर्स क्लव नेपालले आयोजना गरेको देउसी भैलो कार्यक्रममा बेल्दै नेतृ कोइरालाले सभापति शेरबहादुर देउवा सहमती सहकार्यको भावना विपरित अघि बढेको बताइन् । उनले भनिन्– 'सायद देउवा जी यो कार्यकाल नै अन्तिम हुन सक्छ, कम्तिमा अन्तिम कार्यकालमा सबैलाई समेटेर अघि बढे उहाँलाई नै राम्रो हुने थियो ।'  

उनले सभापतिले सबै गुट उपगुटहरुको व्यवस्थापन गर्न नसकेको र पार्टीका नेता कार्यकर्ताको भावना समेत नबुझेको पनि आरोप लगाइन् । सभापतिको कार्यशैलीकै कारण पार्टी झन झन कमजोर बनेको उनको आरोप थियो । 

सभापति देउवाले मंगलबार मात्रै उपसभापतिमा विजय कुमार गच्छदारलाई नियुक्त गरेका थिए । नयाँ महाधिवेशन आउन ढेड वर्ष अघि उनले गच्छदारलाई उपसभापतिमा नियुक्त गरेका हुन् । 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।