काठमाडौं- कात्तिक २० गते मंगलबार नेपालीहरूको महान चार्ड तिहारको दोस्रो दिन कुकुर तिहार । धेरै समाचार कुकुर र यसका विशेषता तथा तिहारमा देशभरको चहलपहल, दिपावली भित्र्याउन गरिएका काम नै मुख्य पठन सामग्री बने । नेपाली कांग्रेसको बैठक र डोल्पा राजनीतिक वृत्तमा चर्चाका समाचार बने । नेपाल समयले दिनभर गरेका अपडेटको संक्षेप के के रह्यो । थाहा पाउनुहोस् नेपाल समय दिनभरी
देउवाले बनाए गच्छदारलाई उपसभापति, पौडेल समूह असन्तुष्ट
झन्डै बिस करोड असी लाख जनसंख्या भएको दक्षिण अमेरिकाकै सबैभन्दा ठूलो मुलुक ब्राजिलले भरखरै एउटा राजनीतिक घटना व्यहोर्न पुगेको छ । पूर्व सैनिक अधिकृत जायर बोल्सोनारो उम्मेदवार रहेको सामाजिक उदारवादी दलले समग्र मतको ५५.२% हासिल गरी ब्राजिलको राष्ट्रपतीय निर्वाचनमा विजय हासिल गरेको छ । नेपाली कांग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदार पार्टीको उपसभपातिमा चयन भएका छन्। एक वर्षअघि २९ असोजमा तत्कालिन नेपाल लोकतान्त्रिक फोरमलाई कांग्रेसमा समायोजन गरेका गच्छदारलाई कांग्रेस केन्द्रीय कार्यसमितिको मंगलबार बसेको बैठकले उपसभापतिमा मनोनित गरेको हो।
डोल्पामा सोमबार भएको जीप दुर्घटनाको विषयलाई लिएर सदरमुकाम दुनैमा तनाव भएको छ । घटनाका आफन्तहरुको आन्दोलन उग्रबन्दै गएपछि प्रहरीले तीन राउन्ड आश्रुग्याँस प्रहार गरेको छ ।
ब्राजिलमा कम्युनिस्ट हार्दा अमेरिकाको हड्डी हाँस्यो
झन्डै बिस करोड असी लाख जनसंख्या भएको दक्षिण अमेरिकाकै सबैभन्दा ठूलो मुलुक ब्राजिलले भरखरै एउटा राजनीतिक घटना व्यहोर्न पुगेको छ । पूर्व सैनिक अधिकृत जायर बोल्सोनारो उम्मेदवार रहेको सामाजिक उदारवादी दलले समग्र मतको ५५.२% हासिल गरी ब्राजिलको राष्ट्रपतीय निर्वाचनमा विजय हासिल गरेको छ ।
असनलाई लागेको तिहार
नेपालीहरुको महान चार्ड तिहार पूर्व सन्ध्यामा काठमाडौंका चोकचोक तिहारका सरसामानले भरिभराउ छन्। विशेषगरी काठमाडौंका असन, इन्द्रचोक, न्युरोडलगायतका स्थानमा तिहारका सामान किनमेल गर्नेको भिडभाड धेरै हुने गरेको छ ।
मोदीको जनकपुर भ्रमण रद्द, राजनाथ र योगी आउने
रामजानकी विवाहपञ्चमीको अवसर पारेर जनकपुर आउने भनिएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुर भ्रमण रद्द गरेका छन् । स्रोतका अनुसार विवाहपञ्चमीको अवसरमा अब भारतीय गृहमन्त्री राजनाथ सिंह र उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ आउने भएका छन् ।
भाइ मसलामा महंगी मार
दिदीबहिनीले दाजुभाइलाई भाइटीका लगाएर दिने ‘भाइमसला’ निकै चर्को मूल्यमा खरिद भइरहेको छ । मसलाको भाउ गत वर्षको तुलनामा दुई गुणा बढी मूल्य तिरेर किन्नुपरेको गुनासो उपभोक्ताले गरेका छन् । कीर्तिपुरस्थित एक खुद्रा पसलमा भेटिएकी मनीषा महर्जनले मसलाको भाउ अचाक्ली बढेको बताइन् । उनी मखना र पेस्ताको मूल्य सुनेर चकित भएकी थिइन् । काजु, बदाम र छोकडाको मूल्यसमेत बढेको छ । पसलका खुद्रा व्यापारीले पनि मसलाको मूल्य गत वर्षको तुलनामा दुई गुणाभन्दा बढी बढेको स्वीकारे ।
नेपाल प्रहरीको कुकुर स्वर्ण जयन्ती (फोटो फिचर)
नेपाल प्रहरीले अनुसन्धानमा कुकुरलाई प्रयोग गर्न थालेको ५० वर्ष नाघेको छ । यसै सन्दर्भमा नेपाल प्रहरीको कुकुर विद्यालयले मंगलबार स्वर्ण जयन्ती मनायो । नेपाल प्रहरीको उक्त विद्यालयमा विशेष अनुसन्धान गर्न सक्ने विभिन्न ८ प्रजातिका ८६ वटा कुकुर छन् ।
स्वर्गसमेत नजाने स्वामीभक्त कुकुर
यमपञ्चकको दोस्रो दिन कुकुरको पूजा गरिन्छ । हिन्दु धर्ममा कुकुर यमराजको दूत रहेको हुनाले कुकुरको विशेष पूजा गरिन्छ । देवमणि भट्टराईका अनुसार कुकुर स्वामी भक्त र बफादार जनावर हो । धर्मशास्त्रका जानकार धर्मराजले कुकुरलाई स्वर्गमा लैजान खोजे तर कुकुरले आफ्नो संकार पुरा नगरेको र स्वामीको रक्षा गर्नुु पर्ने भन्दै स्वर्गजान नमानेको कुरा हिन्दु धर्मशास्त्रमा लेखिएको बताए ।
पीपीएलको उपाधि पोखरालाई, चितवन ३ विकेटले हार्यो
पोखरामा सम्पन्न पोखरा प्रिमियर लिग (पीपीएल) टी-२० क्रिकेटको उपाधि घरेलु टोली पोखरा पल्टनले उचालेको छ । शरद भेषवाकरको पोखराले फाइनल खेलमा पारस खड्काको चितवन राइनोजलाई ३ विकेटले पराजित गर्दै उपाधि उचालेको हो । उपाधिसँगै पोखरा राइनाेजले २७ लाख तथा उपविजेता बनेको चितवनले १० लाख रुपैयाँ प्राप्त गरेको छ ।
यस्ता छन् मेस्सीका १० रोचक रहस्य
पाँच पटकका वर्ष खेलाडी लियोनल मेस्सी विश्वका उत्कृष्ट तथा चर्चित खेलाडी हुन् । अर्जेन्टिना तथा स्पेनिस क्लब बार्सिलोनाका कप्तान समेत रहेका मेस्सीले हाल आफ्नो राष्ट्रिय टोलीबाट बिश्राम लिएका छन् । उनकीबारे १० रोचक तथ्य तपाईंलाई जानकारी दिँदैछौं ।