जनकपुरधाम-स्थानीय प्रशासनले जनकपुर परिक्रमा क्षेत्रभित्र मदिरा बिक्री वितरणमा रोक लगाएको छ । शान्ति एवम सौहाद्रपूर्ण वातावरणमा चाडपर्व मनाउन स्थानीय प्रशासनले मदिरा बेचविखनमा रोक लगाउने निर्णय गरेको हो ।
मंगलबार धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समितिको बैठकले छठपर्वको दिन मदिरा बेचबिखनमा रोक लगाउने निर्णय गरेको छ ।
मदिरा सेवनका कारण हुन सक्ने उत्छृंखल गतिविधि रोक्ने उद्देश्यले छठपर्वको दिन जनकपुरको परिक्रमा सडक क्षेत्रभित्र मदिरा बेचबिखनमा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी कँडेलले जानकारी दिए ।
यसैगरी दिपावली तथा छठपर्वमा पटकाजन्य सामग्रीको प्रयोग पूर्ण रुपले बन्देज गरिएको बताउँदै कँडेलले यस्तो कार्य गरेको पाइएको खण्डमा कानुन अनुसार कारबाही गर्ने निर्णय बैठकले गरेको बताए ।
सुरक्षा समितिको बैठकले पटाकासहितका प्रज्वनलशील पदार्थको कारोबार तथा ओसार पोसार नगर्न/नगराउन हुन सम्पूर्ण जिल्लावासीलाई आग्रह गरेको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४