मंगलबार, असार २३, २०८३

फिफा विश्व वरीयतामा नेपालको तीन स्थान सुधार

फिफा विश्व वरीयतामा नेपालले तीन स्थान सुधार गरेको छ।
 |  बिहीबार, साउन २८, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, साउन २८, २०७८

काठमाडौं– फिफा विश्व वरीयतामा नेपालले तीन स्थान सुधार गरेको छ। विश्व फुटबलको सर्वोच्च निकाय फिफाले आज बिहीबार सार्वजनिक गरेको तालिका अनुसार नेपालको स्थान तीन स्थान माथि पुगेको हो।

यसअघि १७१ औं स्थानमा रहेको नेपाल अहिले १६८ औं स्थानमा छ। पछिल्लो समय नेपालले बंगलादेशमा आयोजित दुई खेलको मैत्रीपूर्ण खेलमा हार बेहोरेर नेपाल फर्किएपछि नेपालको स्थान १७० बाट १७१ मा पुगेको थियो।

त्यसपछि गएको चैतमा नेपालले घरेलु मैदानमा कीर्गिस्तान, बंगलादेश नेपालबीच आयोजना गरिएको थ्रि नेसन्स कपमा जित निकालेको थियो। त्यसपछि नेपालले फिफा विश्वकप छनोटमा अष्ट्रेलिया, जोर्डन, र चाइनिज ताइपेईसँग सुधारिएको प्रदर्शन गरेको थियो।

यता इराकसँगको एक मैत्रीपूर्ण खेलमा भने ६–२ गोलको हार बेहोरेको थियो। अहिले नेपाली राष्ट्रिय फुटबल टिम साफ च्याम्पियनसिप र एएफस एसिया कपको अन्तिम चरणको छनोटको तयारी गरिरहेको छ।

१० दिनको ब्रेकपछि राष्ट्रिय टिमको बन्द प्रशिक्षण हिजो बुधबारबाट पोखरामा सुरु भएको छ।

प्रकाशित: Aug 12, 2021| 18:20 बिहीबार, साउन २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।