बिहीबार, साउन ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • देउवाले बनाए गच्छदारलाई उपसभापति, पौडेल समूह असन्तुष्ट 

देउवाले बनाए गच्छदारलाई उपसभापति, पौडेल समूह असन्तुष्ट 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौ–नेपाली कांग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदार पार्टीको उपसभपातिमा चयन भएका छन्। एक वर्षअघि २९ असोजमा तत्कालिन नेपाल लोकतान्त्रिक फोरमलाई कांग्रेसमा समायोजन गरेका गच्छदारलाई कांग्रेस केन्द्रीय कार्यसमितिको मंगलबार बसेको बैठकले उपसभापतिमा मनोनित गरेको हो।

गच्छदार ११ वर्षअघि फागुन २०६४ सालमा नेपाली कांग्रेस परित्याग गरी मधेशी जनअधिकार फोरममा प्रवेश गरेका थिए। २०२७ सालदेखि नेपाली कांग्रेसको राजनीतिमा सक्रिय गच्छदार सुनसरी क्षेत्र नं ४ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए।

गच्छदारलाई उपसभापति बनाउन आफूले राजनीतिक निर्णय गरेको भन्दै सभापति देउवाले गरेको प्रस्तावलाई सर्वसम्मतले पारित गरिएको थियो। तर सभापति देउवाको सो प्रस्तावको प्रक्रियाप्रति बरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वमहामन्त्री प्रकाशमान सिंह र पूर्वसहमहामन्त्री अर्जुननरसिंह केसीले असहमति जनाएका छन्। 

उनीहरुले विधि विधान अनुसार समिति बनाएर त्यसैको सिफारिस बमोजिम गच्छदारलाई उपसभापति बनाएको भए राम्रो हुने सुझाव दिएका थिए। पौडेलले पौडेलले हतार गच्छदारलाई उपसभापति बनाउनु भन्दा कुनै समितिको सिफारिसमा गर्नु पर्नेमा जोड दिएका थिए। 

गच्छदार नेतृत्वको पार्टीबाट नेपाली कांग्रेसमा प्रवेश गर्दा तत्कालिन नेपाल लोकतान्त्रिक फोरमका भातृ संस्थाका पदाधिकारी र सदस्यहरुलाई कांग्रेसका भातृ सस्थामा समायोजन गर्न उपसभापति विमलेन्द्र निधिको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको छ। नेविसंघमा भने गच्छदारबाट आएका भातृ संस्थाका १५ जनालाई केन्द्रीय समितिमा यसअघि नै समेटिएको थियो।

कांग्रेस केन्द्रीय सदस्य हृदयराम थानीका अनुसार निधि संयोजकत्वमा गठन भएको समितिले नेपाल बिद्यार्थी संघसहित सबै भातृ संस्थामा समायोजनको मस्यौदा तयार गरी पार्टीमा सिफारिस गर्नेछ। निधि संयोजकत्वमा गठीत समितिका अन्य सदस्यहरुको नाम भने पछि चयन हुनेछ। नेता पौडेल, सिंह र केसीले निधि संयोजकत्वमा गठीत समितिलाई नै गच्छदार लगायत अन्य नेतालाई समायोजनका लागि अध्ययन गरी सिफारिस गर्ने जिम्मेवारी दिए उचित हुने सुझाव दिएका थिए।

त्यस्तै, कांग्रेसले महासमिति बैठकसमेत २८ मंसिरदेखि ३ पुससम्म सार्ने निर्णय गरेको छ।  यसअघि भदौमा भएको कांग्रेस केन्द्रीय कार्य समिति बैठकले महासमिति बैठक ५ देखि ९ मंसिरसम्म काठमाडौंमा गर्ने निर्णय गरेको थियो।

बैठकमा बिधान संशोधन मस्यौदा समितिका संयोजक पूर्णबहादुर खड्काले समितिको प्रतिवेदन करिव ८० प्रतिशत तयार भएकोले महासमिति बैठकअघि पेश गर्ने जानकारी दिएका थिए।समितिले केन्द्रीय सदस्य श्यामप्रसाद घिमिरेको संयोजकत्वमा पाँच सदस्य समिति गठन गरेको छ। समितिमा रहने अन्य पाँच सदस्यको नाम भने पछि सिफारिस गनिरे प्रवक्ता विश्वप्रकाश शर्माले वताए। बैठकले सर्लाहीको रामनगरका रामविलास महतोको हत्या गरेकोमा घोर निन्दा गर्दै शोक प्रस्ताव पारित गरेको छ। ,पार्टीले मानवअधिकारबादी नेता तथा पूर्वसांसद पद्मरत्न तुलाधरको निधनभएको पनि शोक प्रस्ताव पारित गरेको छ। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।