बिहीबार, साउन ७, २०८३

भाइ मसलामा महंगी मार

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- दिदीबहिनीले दाजुभाइलाई भाइटीका लगाएर दिने ‘भाइमसला’ निकै चर्को मूल्यमा खरिद भइरहेको छ । मसलाको भाउ गत वर्षको तुलनामा दुई गुणा बढी मूल्य तिरेर किन्नुपरेको गुनासो उपभोक्ताले गरेका छन् । 

कीर्तिपुरस्थित एक खुद्रा पसलमा भेटिएकी मनीषा महर्जनले मसलाको भाउ अचाक्ली बढेको बताइन् । उनी मखना र पेस्ताको मूल्य सुनेर चकित भएकी थिइन् । काजु, बदाम र छोकडाको मूल्यसमेत बढेको छ । पसलका खुद्रा व्यापारीले पनि मसलाको मूल्य गत वर्षको तुलनामा दुई गुणाभन्दा बढी बढेको स्वीकारे । 

गत वर्ष प्रतिकेजी चार सय रुपैयाँमा पाइने मखना अहिले पाँच सय बढेर नौ सय रुपैयाँ पुगेको छ । एक महिनासम्म एक हजार ३५० रुपैयाँमा बिक्री भएको पेस्ता १७ सय ५० रुपैयाँमा बिक्री भइरहेको छ । गत वर्ष प्रतिकेजी १६ सय रुपैयाँ रहेको काजु अहिले १६ सय ५० पुगेको छ । चार सय रुपैयाँको किसमिस ६ सय र १५० मा पाइने छोकडा १ सय ८० रुपैयाँसम्म पुगेको खुद्रा व्यापारी बताउँछन् ।

काठमाडौं असनमा भेटिएकी लक्ष्मी श्रेष्ठले व्यवसायीले चर्को मूल्यमा मसला बिक्री गरिरहेको गुनासो गरिन् । ‘मूल्य त असाध्यै चर्को छ, साथै प्याक गरिएको मसलामा सबै मसला पाइँदैन,’ उनले भनिन् ‘परिमाणसमेत थोरै रहेछ ।’ 

व्यवसायीले प्रतिप्याकेट मसलाको ५० रुपैयाँदेखि पाँच सयसम्म बिक्री गरिरहेका छन् । असनका खुद्रा व्यापारी भाइमान महर्जनले यसपटकको तिहारमा काजु, पेस्ता, किसमिस, बदाम, ओखरलगायतको मूल्य न्यूनतम दुई सय रुपैयाँसम्म बढेको बताए ।

मखना नौ सय, पेस्ता १७ सय ५०, काजु १६ सय ५०, किसमिस ६ सय र छोकडा १ सय ८० रुपैयाँमा बिक्री भइरहेको छ ।



असनमा मसलाको प्याकेट बिक्री गरिरहेका अच्युत पराजुलीले विगतको भन्दा एक प्याकेट मसलामा २० रुपैयाँसम्म बढेको जानकारी दिए । प्याकिङ गर्ने थोक व्यवसायीबाटै मूल्य बढेको उनको भनाइ छ । 

नेपाल खुद्रा व्यापार संघका निवर्तमान अध्यक्ष पवित्र बज्रचार्यले भने बजारमा हल्ला भएअनुसार ‘भाइमसला’ को मूल्य नबढेको दाबी गरे । ‘बढीमा २०/२५ प्रतिशत बढेको छ,’ उनले भने, ‘तर बाहिर हल्ला भएअनुसारको बढेको होइन ।’ केही मसलाको मूल्य घटेको उनको भनाइ छ ।

उनका अनुसार पेस्ता बाहिरबाट आयात गर्दा व्यापारीले नै महँगोमा खरिद गरेका हुन्छन् भने मखना तिहारबाहेक अन्य समयमा नबिक्ने भएकाले महँगो भएको हो ।
 
नेपाली बजारमा तिहारमा करिब चार अर्ब रुपैयाँ बराबरको मसला भित्रिने गरेको छ । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको तथ्यांकअनुसार चालु आर्थिक वर्षको तीन महिना अर्थात् असोज मसान्तसम्म तीन अर्ब ९ करोड रुपैयाँ बराबरको १४ हजार ५५२ टन मसला भित्रिएको छ । यसमा कात्तिकमा भिभिएको मसला समावेश छैन । कात्तिकको तीन साता बित्दासम्मको हिसाब गर्ने हो भने मसला आयात चार अर्ब रुपैयाँको हाराहारीमा पुग्ने केन्द्रका वरिष्ठ अधिकृत कृष्ण बजगाईंले बताए ।

केन्द्रका अनुसार विगत तीन महिनामा ८४ करोड ७७ लाख रुपैयाँ बराबरको २० लाख ४० हजार किलो मरिच भित्रिएको छ । त्यस्तै ४६ करोड ८८ लाख रुपैयाँ बराबरको २० लाख ५५ हजार किलो चकलेट भित्रिएको छ । चिनीजन्य मिठाई २७ करोड ८८ लाख, पानसुपारी २७ करोड ५९ लाख, काजु २३ करोड ३७ लाख रुपैयाँको भित्रिएको छ ।

व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको तथ्यांकअनुसार चालु आर्थिक वर्षको तीन महिना अर्थात् असोज मसान्तसम्म तीन अर्ब ९ करोड रुपैयाँ बराबरको १४ हजार ५५२ टन मसला भित्रिएको छ ।

सुख्खा नरिवाल, बदाम, हाडे बदाम, ओखरलगायत तीन दर्जन बढी मसला पनि करोडौंको रुपैयाँको आयात भएको केन्द्रको तथ्यांक छ ।

‘यो वर्षको तिहार केही ढिलो पर्नाले आवश्यक मसला भित्रिरहेको छ,’ वरिष्ठ अधिकृत बजगार्इं भन्छन्, ‘प्रत्येक वर्ष आयात बढिरहेको छ । गएको वर्ष पौने चार अर्बको मसलाहरु भित्रिएको थियो । यस वर्ष करिब चार अर्ब पुग्ने देखिन्छ ।’ 

केन्द्रको तथ्यांकअनुसार अघिल्लो आवको सुरुको तीन महिना अर्थात् तिहारसम्म ३ अर्ब ७४ करोड ७९ लाख रुपैयाँको मसला आयात भएको थियो । एक अर्ब ३८ करोड रुपैयाँ बराबरको ३१ लाख १५ हजार किलो मरिच, ४० करोड ६१ लाख रुपैयाँ बराबरको ६ लाख ७५ हजार किलो चकलेट र २२ करोड ५० लाख रुपैयाँ बराबरको तीन लाख ७ हजार किलो काजु भित्रिएको थियो । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।