बिहीबार, साउन ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • डोल्पामा प्रहरीका गाडी तोडफोड, स्थिति नियन्त्रणमा लिन अश्रुग्यास प्रहार

डोल्पामा प्रहरीका गाडी तोडफोड, स्थिति नियन्त्रणमा लिन अश्रुग्यास प्रहार

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
डोल्पामा सोमबार भएको जीप दुर्घटनाको विषयलाई लिएर सदरमुकाम दुनैमा तनाव भएको छ । घटनाका आफन्तहरुको आन्दोलन उग्रबन्दै गएपछि प्रहरीले तीन राउन्ड आश्रुग्याँस प्रहार गरेको छ ।

आन्दोलनकारीहरुले प्रहरीका ६ वटा गाडीमा तोडफोड गरेपछि प्रहरीले आश्रुग्याँस प्रहार गरेको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायव उपरिक्षक अवदेश बुढाक्षेत्रीले जानकारी दिए । उनका अनुसार आन्दोलनकारीहरुलाई तिरबितर पार्न आश्रुग्यास प्रहार गरिएको हो ।

मृतकका आफन्त, गाडी धनी र प्रशासनसँग भएको वार्तामा क्षतिपूर्तिका विषयमा कुरा नमिलेपछि आन्दोलनकारीहरुले गाडी तोडफोड गरेका हुन् । क्षतिपूर्ति नदिएपछि मृतकका आफन्तहरुले शव बुझ्न मानेका छैनन् । 

आन्दोलनकारीहरुले डोल्पामा गाडी चलाउन बन्द गरिनुपर्ने, मृतकका आफन्तहरुलाई उचित क्षतिपूर्ति दिनुपर्ने, चालकलाई जेल हालिनुपर्ने र घटनाको छानविन गर्न उच्चस्तरिय समिति गठन गर्नुपर्ने लगायका मागहरु राखी आन्दोलनमा उत्रिएका हुन् ।

मृतक र घाइतेका आफन्तहरुले प्रशासनले रुडपरमिट बिनानै गाडी चलाउने अनुमति दिएका कारण घटना भएको बताएका छन् । सोमबार डोल्पामा भएको जीप दुर्घटनामा १० जनाको मृत्यु भएको थियो । अहिले माग सम्बोधन गर्ने विषयमा जिल्ला प्रशासन कार्यालयमा पुनःवार्ता सुरु भएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।