बिहीबार, साउन ७, २०८३

मोदीको जनकपुर भ्रमण रद्द, राजनाथ र योगी आउने

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
जनकपुरधाम- रामजानकी विवाहपञ्चमीको अवसर पारेर जनकपुर आउने भनिएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुर भ्रमण रद्द गरेका छन् । स्रोतका अनुसार विवाहपञ्चमीको अवसरमा अब भारतीय गृहमन्त्री राजनाथ सिंह र उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ आउने भएका छन् ।

विवाहपञ्चमीको अवसरमा भारतीय प्रधानमन्त्री जनकपुर पुगेर भारतको आर्थिक सहयोगमा नवनिर्मित जनकपुर-जयनगर रेलसेवा उद्घाटन गर्ने चर्चा थियो । तर विवाहपञ्चमी आउन केहिदिन मात्र बाँकी रहँदा भारतीय प्रधानमन्त्री मोदीको जनकपुर भ्रमण रद्द भएको बताइएको छ । मोदीले यसअघि २९ वैशाखमा आफ्नो चौथो नेपाल भ्रमण जनकपुरबाट सुरु गरेका थिए ।

भारतीय आन्तरिक राजनीति र यही नोभेम्बर २० देखि हुन लागेको राज्यसभा चुनावका कारण मोदीले जनकपुर भ्रमण स्थगित गरेको बताइएको छ । नोभेम्वर २० देखि ७ डिसेम्बरसम्म भारतको छत्तिसगढ, मध्यप्रदेश, राजस्थान र तेलांगना राज्यमा विधानसभा चुनाव हुँदैछ । भाजपाले मोदीलाई चुनावी कार्डको रुपमा प्रयोग गर्दै आफ्नो सम्पूर्ण बल ती राज्यका निर्वाचनमा लगाइरहेकोले मोदीको जनकपुर भ्रमण रद्द भएको अधिकारीहरुले बताएका छन् ।

यद्यपी परराष्ट्र मन्त्रालयका तर्फबाट पठाइएको औपचारिक निम्तोको भारतले जबाफ पठाइसकेको छैन् । भारतमा हुन लागेको लोकसभा निर्वाचनमा ‘हिन्दुत्व’ को कार्ड प्रयोग गर्न पनि मोदी रामजानकी विवाहोत्सवमा जनकपुर आउन सक्ने अनुमान गरिएको थियो । यसअघि मोदी भारतको केरल विधानसभा निर्वाचनकै बेला जनकपुर भ्रमण गरेका थिए । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।