बिहीबार, साउन ७, २०८३

पीपीएलको उपाधि पोखरालाई, चितवन ३ विकेटले हार्‍यो

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

पोखरा- पोखरामा सम्पन्न पोखरा प्रिमियर लिग (पीपीएल) टी-२० क्रिकेटको उपाधि घरेलु टोली पोखरा पल्टनले उचालेको छ । शरद भेषवाकरको पोखराले फाइनल खेलमा पारस खड्काको चितवन राइनोजलाई ३ विकेटले पराजित गर्दै उपाधि उचालेको हो । उपाधिसँगै पोखरा राइनाेजले २७ लाख तथा उपविजेता बनेको चितवनले १० लाख रुपैयाँ प्राप्त गरेको छ ।

चितवननले दिएको १ सय ६१ रनको लक्ष्य पछ्याएको पोखराले १९.२ ओरभमा सात विकेट गुमाउदै उक्त लक्ष्य भेट्टाएको हो । पोखराका लागि भारतिय खेलाडी रबिन्द्र सिंहको अर्ध सतकिय पारिले पोखरालाई उपाधिका लागि सहज भएको थियो । 

चितवनका बलर सामु निकैनै आक्रमक देखिएका रबिन्द्रले ९० रन जोडे । उनले ५८ बल खेल्दै १३ चौका र तीन छक्का प्रहार गरे । त्यस्तै मोहमद नाभिदले २५, शरद भेषवाकरले २२ तथा आसिफ सेखले १२ रन जोडे । चितवनका लागि भुवन कार्कीले दुई विकेट लिँदा करन केसी, पारस खड्का र सन्नी पटेलले एक एक विकेट लिए ।

यसअघि कप्तान पारस खड्काको अर्धसतकको मद्दतले चितवनले १ सय ६० रन बनाएको थियो । टस हारेर ब्याटिङको निम्तो पाएको चितवनले निर्धारित २० ओभरमा मात्र तीन विकेट गुमाउदै १ सय ६० रन बनाएको थियो । 

चितवनका लागि पारसले ५१ रनको अर्धसतकिय पारी खेलेका थिए । उनले ३७ बल खेल्दै ९ चौका प्रहार गरेर ५१ रन जोडेका थिए । दोस्रो ओभरमा टिमको ९ रन हुदा हरिशंकर साहलाई गुमाएको चितवनका लागि पारसले अनिल साहसँग ७६ रनको साझेदारी गरेका थिए । 

उनी रसिद खानको ओभरमा रन आउट भएका थिए । त्यस्तै विदेशी खेलाडी सन्नी पटेलले ४३ नर जोडे । उनले २१ बल खेल्दै तीन चौका र चार छक्काको मद्दतमा ४३ रन जोडेका थिए । 

चितवनका अनिल कुमार साहले ३७ रन जोड्दा आरिफ सेखले १४ रन जाडे । पोखराका लागि मोहमद नाभिद र ललित राजवंशीले समान एक एक विकेट लिएका थिए । 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।