बिहीबार, साउन ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • राप्रपामा एकता अभियान,  दुर्इ अध्यक्षबीचको वार्ता सकारात्मक

राप्रपामा एकता अभियान,  दुर्इ अध्यक्षबीचको वार्ता सकारात्मक

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- राप्रपा र राप्रपा प्रजातान्त्रिकबीच एकताको तयारी सुरू भएको छ । एकताको तयारीका विषयमा दुर्इ पार्टीका अध्यक्षबीच मंगलबार छलफल भएको छ । 

बिहान राप्रपाका अध्यक्ष कमल थापा र राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपतिशमशेर राणाबीच भएको भेटमा दुर्इ पार्टीको एकताका विषयमा छलफल भएको राप्रपा प्रचार विभाग प्रमखु मोहन श्रेष्ठले जानकारी दिए । 

देशलाई बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्तिको आवश्यकता भएको महशुस गर्दै राप्रपाले एकता अभियान अघि बढाएको छ । दुर्इ अध्यक्षको भेटमा समान विचारधारा भएका दलहरूका बीचमा एकता र सहकार्य गर्ने नीतिलार्इ प्रभावकारी बनाउने विषयमा पनि छलफल भएको छ ।

दुर्इ अध्यक्षले आपसी छलफललार्इ बृहत बनाउँदै एकता प्रक्रियालार्इ टुंगोमा पुर्‍याउन पहल कदमी बढाउने बताएका छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।