आइतबार, चैत ८, २०८२

सरकारसँग कुरा मिलेन, आज बालुवाटार घेर्दै शिक्षक

मन्त्रालयमा बिहीबार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामप्रसाद थपलिया र शिक्षक महासंघका पदाधिकारीबीच दुई घण्टासम्म भएको छलफल निष्कर्षविहीन भएको हो।
 |  बिहीबार, साउन २८, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, साउन २८, २०७८

काठमाडौं– नेपाल शिक्षक महासंघ र शिक्षा मन्त्रालयबीच शिक्षकका मागका विषयमा भएको छलफल निष्कर्षविहीन बनेको छ। मन्त्रालयमा बिहीबार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामप्रसाद थपलिया र शिक्षक महासंघका पदाधिकारीबीच दुई घण्टासम्म भएको छलफल निष्कर्षविहीन भएको हो। छलफलमा कुनै सहमति नजुटेपछि शिक्षकहरूले शुक्रबार प्रधानमन्त्री निवास बालुवाटार घेराउ गर्ने भएका छन्। 

National life

शिक्षक महासंघका महासचिव लक्ष्मीकिशोर सुवेदीले शिक्षकका मागका विषयमा छलफल भए पनि निष्कर्षमा नपुगिएकाले आन्दोलनका कार्यक्रम कायमै रहेको बताए।  शुक्रबार महासंघले शिक्षकका मागका विषयमा दबाब दिन प्रधानमन्त्री निवास बालुवाटार घेर्ने कार्यक्रम छ। 

महासंघले शिक्षकलाई २०७८ साउन २९ को आन्दोलनमा सहभागी हुन काठमाडौं उपत्यकाका तीन जिल्लाबाट महेन्द्र राष्ट्रिय मावि बालुवाटारमा भेला हुन भनेको छ। यस्तै माथिका तीन जिल्लाबाहेक अरु जिल्लाबाट आउने शिक्षकलाई टंगाल मावि टंगालमा विद्यालय पोसाकमा उपस्थित हुन अनुरोध गरेको छ। महासंघले हरेक शिक्षकलाई स्वास्थ्य मापदण्ड पालना गरी भेला हुने व्यवस्था मिलाएको छ। 

महासंघका ३४ बुँदे मागमा सरकारले चासो नदेखाएकाले धर्ना दिनुपरेको शिक्षक महासंघका महासचिव सुवेदीले बताए। महासंघले प्रारम्भिक बालविकास सहजकर्ता र विद्यालय कर्मचारीको तलब वृद्धि, गुणस्तरीय शिक्षाको लागि राज्यले कुल बजेटको २० प्रतिशत लगानी गर्नुपर्ने, संघीय शिक्षा ऐन जारी गर्नुपर्ने, संवैधानिक प्रबन्धमा परिवर्तन गर्नुपर्ने लगायतका ३४ बुँदे माग राख्दै महासंघ गत वैशाख २० गतेदेखि आन्दोलन गर्दै आएको छ।

महासंघले यसअघि प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, अर्थमन्त्री जनार्दन शर्मालाई भेटेर आफ्ना मागका विषयमा ध्यानाकर्षण गराइसकेको छ।

Laxmi sunrise bank
kumari

प्रकाशित: Aug 12, 2021| 18:09 बिहीबार, साउन २८, २०७८
प्रतिक्रिया दिनुहोस्