बिहीबार, साउन ७, २०८३

स्वर्गसमेत नजाने स्वामीभक्त कुकुर

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं– यमपञ्चकको दोस्रो दिन कुकुरको पूजा गरिन्छ । हिन्दु धर्ममा कुकुर यमराजको दूत रहेको हुनाले कुकुरको विशेष पूजा गरिन्छ । 

देवमणि भट्टराईका अनुसार कुकुर स्वामी भक्त र बफादार जनावर हो । धर्मशास्त्रका जानकार धर्मराजले कुकुरलाई स्वर्गमा लैजान खोजे तर कुकुरले आफ्नो संकार पुरा नगरेको र स्वामीको रक्षा गर्नुु पर्ने भन्दै स्वर्गजान नमानेको कुरा हिन्दु धर्मशास्त्रमा लेखिएको बताए ।

उनका अनुसार कुनै पनि शुभकार्यमा कुकुरलाई पहिला खाना खुवाउनुपर्छ भन्ने मान्यता रहेको छ । यमपञ्चक अर्थात् तिहारको पाँच दिन पशुपक्षी तथा जनावरको पूजा गरिन्छ । 

यमपञ्चकको पहिलो दिन दुईखट्टे प्राणीअन्तर्गत कागको पूजा गरिन्छ भने दोस्रो दिन कुकुरको पूजा गरिन्छ तेस्रो दिन गोरुको पूजा गरिन्छ । चौथो दिन गाई पूजा गरी लक्ष्मीलाई घरमा स्वागत गर्ने चलन छ । 

नरक चतुर्दशी 

आज बिहानै अरुणोदय कालमा नदी वा तलाउमा गई स्नान, तर्पण गरेर यमदीप दक्षिण फर्काएर बाली बगाउनाले मृत्युपश्चात् नरकको दर्शन गर्नु नपर्ने धार्मिक विश्वासका कारण नरक चतुर्दशीमा नुहाउने विधिसमेत रहेको गौतमले बताए । यसरी बत्ती बालेर बगाउनुलाई नरके बगाउने भनिन्छ । 

यमपञ्चक अर्थात् तिहारका पाँचै दिन तिलको तेल लगाएर स्नान गर्ने प्रचलन छ । यसो गरेमा शरीर स्वस्थ हुने आयुर्वेदिक मत छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।