मंगलबार, वैशाख २९, २०८३

चामेमा काठेपुल जीर्ण भएपछि यातायात अवरुद्ध

१ असार २०७८ मा आएको बाढीले मोटरेबल पुल भत्किएपछि बनाइएको काठेपुलको काठ कुहिएसँगै यातायात अवरुद्ध भएको हो।  
 |  शनिबार, असार ३०, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, असार ३०, २०८०

मनाङ– हिमाली जिल्ला मनाङको चामे गाउँपालिका–१ तिमाङ खोलाको काठेपुल जीर्ण भएपछि यातायात अवरुद्ध भएको छ। १ असार २०७८ मा आएको बाढीले मोटरेबल पुल भत्किएपछि बनाइएको काठेपुलको काठ कुहिएसँगै यातायात अवरुद्ध भएको हो।  

National life

प्रमुख जिल्ला अधिकारी सुप्रभा ढुंगेल खनालले मोटरेबल पुल निर्माणका लागि विस्तृत योजना प्रतिवेदन तयार गरिएको जानकारी दिइन्। ‘अहिलेका लागि यातायात सञ्चालन गर्न आवश्यक छ। काठकै पुल निर्माण गरी यातायात सञ्चानल गर्नुपर्छ’, उनले भनिन्। मोटरेबल पुल निर्माण प्रक्रिया द्रुत गतिमा अघि बढाइएको उनको भनाइ छ।

डुम्रे–बँेसीसहर–चामे सडक योजना कार्यालयका अनुसार तनहुँ, लमजुङ र मनाङ गरी तीन जिल्लामा १५ मोटरेबल पुलको ठेक्का दिने तयारी छ। मनाङमा ९ वटा मोटरेबल पुल निर्माण हुने योजना कार्यालयका प्रमुख रवीन्द्र दासले जानकारी दिए।

ठेकेदारले समयमै काम नगर्दा पुल निर्माणले गति लिन नसकेको उनले बताए। सोही कारण वार्षिक रुपमा विनियोजित बजेट ‘फ्रिज’ हुने गरेको उनको भनाइ छ। ‘बजेट फ्रिज हुन नदिन ठेकेदारलाई कडाइ गरिएको छ’, दासले भने।

मनाङमा मोटरेबल पुल निर्माण समयमा नहुँदा वर्षैपिच्छे काठको पुल निर्माण गर्दा यहाँ राज्यको दोहोरो लगानी हुने गर्दछ। सामान्यतया कम्तीमा एउटा काठको पुल निर्माण गर्दा ३ लाखसम्म खर्च हुने गरेको प्रमुख दासले बताए।

बर्खामा तत्कालका लागि अस्थायी रुपमा काठको पुल निर्माण गर्ने गरिएको छ। ‘विस्तारै जिल्लालाई काठेपुलरहित बनाउँदै छौँ’, उनले भने।–रासस 

प्रकाशित: Jul 15, 2023| 16:24 शनिबार, असार ३०, २०८०
प्रतिक्रिया दिनुहोस्