आइतबार, असार २८, २०८३

कलंकीमा खुल्यो होटल पलाजो

 |  शनिबार, असार ३०, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, असार ३०, २०८०

काठमाडौं- काठमाडौंको कलंकीमा सुविधासम्पन्न होटल सञ्चालनमा आएको छ। करिब ५ करोडको लगानीमा होटल पलाजो सञ्चालनमा आएको हो।

काठमाडौं उपत्यकाभित्रका विभिन्न महत्वपूर्ण पर्यटकीय क्षेत्र घुम्न आउने स्वदेशी तथा विदेशी पर्यटकलाई केन्द्रमा राखेर होटल सञ्चालनमा ल्याइएको होटलका सञ्चालक सूर्यबहादुर खाती क्षेत्रीले जानकारी दिए। स्वदेशी तथा
विदेशी अतिथिलाई आरामदायी सेवा तथा उत्कृष्ट सुविधा प्रदान गर्न प्रतिबद्ध रहेको उनले बताए।

होटल पलाजोले प्रत्यक्ष रुपमा ५० जनालाई रोजगारी प्रदान गरेको उनको दाबी छ। होटलमा स्ट्याण्डर्ड, सुपर डिलक्स, डिलक्स गरी २५ वटा एसी रुम रहेका छन्। रुफटफ रेष्टुरेन्ट एण्ड बार, कफी शप र सेमिनार हलको पनि व्यवस्था रहेको छ। होटलको शुभारम्भ शनिबार ९२ वर्षीय अग्रज व्यक्तित्व भीमबहादुर पाठकले गरेका छन्।

 

प्रकाशित: Jul 15, 2023| 16:07 शनिबार, असार ३०, २०८०
प्रतिक्रिया दिनुहोस्