NadaNada
बुधबार, भदौ ४, २०८२

हालसम्म ५३ प्रतिशत मात्रै धान रोपाइँ

गत वर्ष २९ असारसम्म ६५ प्रतिशत धान रोपाइँ भएकामा यो वर्षको सोही अवधिमा ५३ प्रतिशत मात्रै रोपाइँको भएको मन्त्रालयको विवरण।
 |  शनिबार, असार ३०, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

शनिबार, असार ३०, २०८०

vianetvianet

काठमाडौं– कृषि तथा पशुपक्षी मन्त्रालयले हालसम्म मुलुकभर ५३ प्रतिशत मात्रै धान रोपाइँ भएको विवरण सार्वजनिक गरेको छ।

नेपालमा मौसमी हिसाबले धान रोपाइँका लागि उपयुक्त असार सकिनै लाग्दासमेत यस वर्ष ५३ प्रतिशत मात्रै रोपाइँ भएपछि पशुमा लाग्ने लम्पीस्किनका कारण न्यून भएको दाबी मन्त्रालयले गरेको हो। 

गत वर्ष २९ असारसम्म प्रदेशसँगको समन्वयमा कृषि विभागले उपलब्ध गराएकोे तथ्यांकअनुसार ६५ प्रतिशत धान रोपाइँ सम्पन्न भएको थियो। गत वर्षको तुलनामा यस वर्ष १२ प्रतिशत हाराहारी कम रोपाइँ भएको मन्त्रालयका सहसचिव एव प्रवक्ता प्रकाशकुमार सञ्जेलले जानकारी दिए।

मधेस, कोसी र बागमतीमा मनसुन सुरु हुन ढिलो भएको तथा कर्णाली र सुदूरपश्चिम प्रदेशमा भने गोरुमा लम्पी स्किन रोगका कारण रोपाइँ थोेरै प्रभावित भएको मन्त्रालयले बताएको हो।

प्रकाशित: Jul 15, 2023| 11:01 शनिबार, असार ३०, २०८०
प्रतिक्रिया दिनुहोस्