NadaNada
बुधबार, भदौ ४, २०८२

पाटनमा चट्याङ लाग्दा ५० भेडाबाख्रा मरे

जुम्लाको सबैभन्दा बढी भेंडापालन हुने स्थान दुगाडा पाटनमा चट्याङ परेपछि ५० भेंडाबाख्रा मरेका हुन्।
 |  शनिबार, असार ३०, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

शनिबार, असार ३०, २०८०

vianetvianet

जुम्ला– जुम्लाको पातारासी गाउँपालिका–२ स्थित दुगाडा पाटनमा चट्याङ लागेर ५० भेंडाबाख्रा मरेका छन्। २८ असार दिउँसो २ बजेतिर परेको चट्याङले ती भेंडाबाख्रा मरेका हुन्।  ७० भेंडाबाख्रा हराएको पातारासी गाउँपालिका उपाध्यक्ष जनमाया रोकायाले जानकारी दिइन्।

चट्याङले ४२ बाख्रा र आठ भेंडा मरेको पातारासी गाउँपालिका भेटेरीनरी शाखा प्रमुख गगन केसीले बताए। सो गाउँपालिकाका स्थानीय कृष्ण ऐडी र मीमबहादुर बोहराका भेंडाबाख्रा चट्याङबाट मरेका हुन्।

पशु अस्पताल तथा पशु सेवा कार्यालय जुम्लाका अनुसार जिल्लाकै सबैभन्दा बढी भेडापालन हुने ठाउँ पातारासी हो। पाटन र खर्कमा व्यवस्थित भेडीगोठ नहुँदा हरेक वर्ष चट्याङबाट भेडाबाख्रामा ठूलो क्षति गर्ने गरेको कार्यालयले जनाएको छ।

भेंडाबाख्रा चट्याङबाट मरेपछि घर खर्च लगाउनमा समस्या भएको उनीहरुले बताए। बोहराले भने, ‘यहीँ पेसाबाट आम्दानीको माध्यम बनेको थियो। घर खर्चदेखि बच्चाको पढाइ खर्च सहज रुपले धानेको थियो। चट्याङले सबै सक्यो।’ 

स्थानीय सरकारले राहतको लागि माथिल्लो सरकारी निकायमा पहल गरिदिन अनुरोध गरेको भेंडापालक किसान ऐडीले बताए। उनले भने, ‘चट्याङबाट भेंडा मरेको जानकारी गराएका छौँ। राहत र क्षतिपूर्तिका लागि सम्बन्धित निकायलाई सहयोगको अपिलसमेत गरेका छौँ।’ स्थानीय सरकारबाट हुने सहयोग गरिने पातारासी गाउँपालिका उपाध्यक्ष जनमायाले जानकारी दिइन्।–रासस

Metro Mart

प्रकाशित: Jul 15, 2023| 10:48 शनिबार, असार ३०, २०८०
प्रतिक्रिया दिनुहोस्