मंगलबार, वैशाख २९, २०८३

आज पनि बैंक तथा वित्तिय संस्था खुल्ने

 |  शनिबार, असार ३०, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, असार ३०, २०८०

काठमाडौं- बैंक तथा वित्तिय संस्थाहरू आज पनि खुला रहने भएका छन्। चालु आर्थिक वर्षको अन्तिम शनिबार भएकाले राजश्वलगायतका विषयलाई ध्यानमा राख्दै शनिबार पनि बैंक तथा वित्तिय संस्था राखिने भएको हो।

National life

सो कार्यका लागि नेपाल राष्ट्र बैंकले यसअघि नै परिपत्र जारी गरेर बिदाका दिन पनि बैंक तथा वित्तीय संस्था खुला गरेर कारोबार गर्न निर्देशन दिएको थियो।

अर्थ मन्त्रालय र महालेखा नियन्त्रक कार्यालयले असार २३ र ३० गते शनिबारका दिन पनि सेवा बन्द नगर्न राष्ट्र बैंकलाई अनुरोध गरे पछि गत शनिवार र आज बैंक तथा वित्तिय संस्थाहरू खुला रहने भएका हुन्।

चालु आर्थिक वर्षको अन्तिममा राजस्व भुक्तानी, चेक क्लियरिङ तथा विद्युतीय रकम ट्रान्सफरका लागि बढी चाप पर्ने भएकाले शनिबार पनि सेवा उपलब्ध गराउन राष्ट्र बैंकले निर्देशन दिएको थियो।

प्रकाशित: Jul 15, 2023| 09:09 शनिबार, असार ३०, २०८०
प्रतिक्रिया दिनुहोस्