बिहीबार, साउन ७, २०८३

गच्छदार आज कांग्रेसकाे उपसभापति बन्‍ने !

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मंगलबार उपसभापतिको मनोनयन गर्ने तयारी गरेका छन् । स्रोतका अनुसार उनले उपसभापतिमा नेता विजयकुमार गच्छदारलाई मनोनित गर्ने तयारी गरेका हुन् ।

सभापति देउवाले मंगलबार बस्ने केन्द्रीय समिति बैठकबाट नै गच्छदारलाई उपसभापतिमा मनोनीत गर्ने तयारी गरेको देउवा निकट एक नेताले जानकारी दिए । उनका अनुसार विधानमा रहेको बाधा हटाएर आजै गच्छदार उपसभापतिमा मनोनित हुनेछन् । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक मंगलबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्दै छ ।  

सभापति देउवाले आइतबार साँझ नै पार्टीका शीर्ष नेतालाई फोन गरेर गच्छदारलाई उपसभापतिमा मनोनीत गर्ने तयारीमा आफू रहेको भन्दै सहयोग गर्न आग्रह गरेका थिए। देउवालाई सबैजसो शीर्ष नेताले सहयोग गर्ने आश्वासनसमेत दिएका छन्। तर, विधानमा हाल कायम रहेको व्यवस्थाअनुसार भने गच्छदारलाई उपसभापति बनाउन मिल्दैन।

कांग्रेसको हालको विधानमा पार्टीको पदाधिकारी हुनका लागि निर्वाचित केन्द्रीय सदस्य हुनुपर्ने व्यवस्था छ। तर, गच्छदार विशेष आमन्त्रित केन्द्रीय सदस्य हुन् । गच्छदारको व्यवस्थापनका विषयमा नेता रामचन्द्र पौडेलसहित अन्य नेताको पनि विमति नभएपनि सभापतिको व्यवहारका कारण आशंका गर्नुपर्ने अवस्था आएको बताएका छन् ।

यस्तै आजको बैठकले ५ देखि ९ मंसिरसम्म तोकिएको महासमिति समयभित्र गर्न नसकिने भएपछि नयाँ मितिसमेत तय गर्ने भएको छ। बैठकमा विधान संशोधन मस्यौदा समितिले पेश गर्ने विधानको मस्यौदा र महासमिति बैठक, लेखा परिक्षण समिति गठन र तत्कालीन नेपाल लोकतान्त्रिक फोरमसँगको एकीककरणका बेला भएको सहमति बारेमा छलफल हुने कांगेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।