मंगलबार, वैशाख १८, २०८१

क्लासिक

'गाइड' मा देव आनन्दलाई नै छायामा पारेकी वहीदा

वहीदाले आफ्नो फिल्मी करियरममा केही यस्तो महत्वपूर्ण भूमिकाहरु निभाइन् जो आज पनि स्मरणीय छ र उत्तिकै सान्दर्भिक पनि। वहीदा रहमानले ‘गाइड’ चलचित्रमा निभाएको रोजीको भूमिका त्यस्तै जबरदस्त चरित्रमध्ये एक हो।
 |  शनिबार, असार ३०, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, असार ३०, २०८०

हिन्दी चलचित्रमा नायक सधैं हावी रहे। बलिउडमा केहीमात्र यस्ता नायिका छन् जो अफ्नो अभिनयको दममा नायकत्व प्राप्त गर्न सफल भएका छन् र चरित्र पनि अमर भएको छ। यस्तै एक नायिका हुन् वहीदा रहमान। ३ फेब्रुअरी १९३८ मा तमिलनाडूमा जन्मेकी वहीदाले हिन्दीका साथै तमिल, बंगाली र तेलगु चलचित्रमा काम गरेकी छन्।

triton college

वहीदाले आफ्नो फिल्मी करियरममा केही यस्तो महत्वपूर्ण भूमिकाहरु निभाइन् जो आज पनि स्मरणीय छ र उत्तिकै सान्दर्भिक पनि। वहीदा रहमानले ‘गाइड’ चलचित्रमा निभाएको रोजीको भूमिका त्यस्तै जबरदस्त चरित्रमध्ये एक हो।

त्यसो त वहीदाले ‘तीसरी कसम’ चलचित्रको ‘हिराबाइ’ र ‘प्यासा’को ‘गुलाबो’ चरित्रलाई समेत अफ्नो अभिनयको दममा स्थापित गरिदिइन्। भनिन्छ, वहीदाको फिल्मी यात्रामा यी तीनवटै भूमिका अथवा चरित्र अत्यन्त महत्वपूर्ण रह्यो। यद्यपि वहीदाको ‘कागज के फूल’ र ‘निलकमल’ चलचित्रको भूमिका पनि अमर रहेको छ।

गाइड चलचित्रको आधार चर्चित लेखक ‘आरके नारायण’को उपन्यास ‘द गाइड’ माथि आधारित छ। यद्यपि उपन्यास र चलचित्रमा केही फेरबदल अवश्य गरिएको छ। वास्तवमा टाइटल रोल गाइड त नायक देव आनन्दको नै छ तर यसको नायक भने रोजी अर्थात वहीदा रहिन्।

गाइडमा रोजीको भूमिकामा वहीदा रहमान जसरी गहिरो गरी डुबेकी छन् त्यसरी नै चलचित्रको गीतकार, कथाकार र निर्देशकको कल्पनालाई पनि साकार रुप प्रदान गरेकी छन्। त्यसो त यस भूमिकालाई  महत्वपूर्ण र जिवन्त बनाउनमा चलचित्रका नायक देव आनन्दको व्यक्तित्व र भूमिकालाई नकार्न सकिन्न।  

corrent noodles
Metro Mart

फिल्म समीक्षकहरु भन्छन्, साँचो कलाकार ती हुन् जो आफूलाई विर्सेर पूरै क्यारेक्टरमा समाहित होउन्। गाइड चलचित्रमा देव आनन्दको भूमिकालाई हेर्दा उनी कतैबाट पनि देव लाग्दैनन् बरु उनले स्वयंलाई पूरै राजु गाइडमा ढालेका छन्। उनको हाउभाउ, बोल्ने तौरतरिका कुनै गाइडको भन्दा कम छैन।

त्यही वहीदाले पनि रोजीकी चरित्रलाई आफूभित्र अन्तरंग गरेकी छन्। यस चलचित्रमा एक दृश्यमा स्नेक–डान्स देखाइएको छ, जसमा नायिका तनावमा हुन्छिन्, सर्प नाचिरहेको हुन्छ र त्यहि एकदम नजिकै गएर उनी पनि नाच्न थाल्छिन्। यस ‘सपेरा डान्स’मा वहीदाको अभिनय यसरी उत्कर्षमा पुगेको छ कि आज पनि त्यसको झलक दर्शकको मनबाट हटेको छैन। अर्थात चलचित्रमा कलाकारको चरित्र बोल्छ। यहि कारण होला गाइडका सबै कलाकारसँगै चलचित्र सधैंको लागि सदाबहार बन्न पुग्यो।

चलचित्रमा काँटो से खिंचके ये आँचल... गीतमा वहीदाको नृत्य उत्कर्षमा छ। चलचित्रको अन्य गीतहरु पनि सदाबहार छन्। हिन्दी साहित्यिक पत्रिका कादम्बिनीमा अन्तर्वार्ता दिँदै वहीदाले भनेकी थिइन्– गाइड चलचित्रमा मेरो रोलमा खरो उत्रने जुन कुरा छ, त्यो वास्तवमा सत्य हो। टाइटल रोल त देवको थियो तर मैले टेकओभर गरेको कुरा उनले स्वयं मलाई भनेका थिए। देवले भनेका थिए- वहीदा मैले गाइडको दुबै हिन्दी र अंग्रेजी भर्सन बनाउनमा तेत्रो पैसा खर्च गरेँ, निर्माता मै थिएँ, टाइटल रोल पनि मेरै थियो तर चलचित्र हेर्ने सबैले वहीदा, वहीदा मात्रै भन्छन्, तिमीले यो चलचित्र मेरो हातबाट लग्यौ।'

सन् १९६६ मा उनलाई गाइडको अभिनयको लागि वेस्ट एक्ट्रेसको फिल्मफेयर अवार्डबाट सम्मान गरिएको थियो। वहीदालाई वेस्ट एक्ट्रेसको लागि नेशनल फिल्म अवार्ड तथा फिल्मफेयर लाइफटाइम अवार्ड सहित अन्य थुप्रै सम्मान प्रदान गरिएको छ।

वहीदाले पनि स्वीकार गरेकी छन् कि गाइड उनको सर्वश्रेष्ठ चलचित्र हो। उनले भनेकी छन्- यस चलचित्रमा मेरो नृत्य–कौशल पूरै उभरेर आएको छ। यस चलचित्रको गहिराइमा गएर कुनै दृश्यको चर्चा गर्दा मेरो गुफामा गएर मार्कोलाई झापड हान्ने सिन एकदमै बोल्ड छ। यदि यस चलचिललाई क्यारेक्टरको अनुसार हेरे पनि राजु गाइडको चरित्र छ, रोजीको वा मार्केको, सबै उत्कृष्ट थिए। यी तीनै जना गलत थिएनन्। तीनै जनाको आ–आफ्नो चाहना र सपना छ जसलाई उनीहरुले पूरा गर्न चाहेका छन्।

मार्को र रोजी श्रीमान–श्रीमतिको भूमिका छन्। जसमा प्रेम छैन। एकअर्काका साथ छन् तर साथ छैनन्। मार्को अनुसन्धाताको भूमिकामा छन्, रिसर्चको लागि मार्कोसँग डेजी पुगेकी छिन् जहाँ उनीहरुलाई घुमाउने काम राजु गाइड अर्थात देव आनन्दले गरेका छन्। कथा वास्तवमा यत्ति छ। तर कथामा तीन जना टुटेका पात्र देखाइएको छ।

मार्कोलाई आफ्नो अनुसन्धानको दुनियाँ प्रिय छ। उनलाई यसमै ठूलो नाम कमाउनु छ  भने रोजी नृत्य गर्न रुचाउँछिन् तर उनलाई सो छुट दिइएको छैन। विस्तारै रोजी राजु गाइडप्रति आकर्षित हुँदै जान्छिन्। यस चलचित्रको विषय नै यस्तो थियो कि यो सदाबहार बन्न पुग्यो। चलचित्रमा कतैबाट कुनै दृश्य अथवा कलाकार कमजोर वा नमिलेका देखिँदैनन्। साधारण प्रेमकथाभन्दा फरक छ यसको प्रेमकथा। विषय यस्तो उठान गरिएको छ कि आज पनि एउटी रोजी हुन सक्छे, राजु वा मार्को हुन सक्छ।

गाइड चलचित्र अंग्रेजी र हिन्दी दुबै भर्जनमा बनेको छ। अंग्रेजी भर्जनमा बनेको गाइडको निर्देशक डेनीलीवस्की छन्। त्यहि हिन्दीको निर्देशक विजय आनन्द रहेका छन्। यद्यपि हिन्दी चलचित्र गाइडको चर्चा जसरी आजसम्म गरिन्छ त्यसरी अंग्रेजी भर्जनको चर्चा हुन सकेन। अंग्रेजीमा गाइड चलचित्रलाई लीवस्कीले डक्युमेन्ट्री जस्तो बनाएका छन्। चलचित्र समीक्षकहरुका अनुसार यस चलचित्रमा इमोशनलाई निर्देशकले छुन सकेका छैनन्। तर हिन्दीमा त्यहि कथानक र कलाकारसहितको भूमिका जीवन्त हुन पुग्यो। कथा र कलाकारमा जुन गहिराइ हिन्दी गाइडमा देखाउन निर्देशक सफल भएका छन् त्यो कुरा अंग्रेजीमा अभाव रहेको छ।

जुन कलाकारले र उसको अभिनयले चलचित्रलाई उत्कर्षमा पुर्यायो, वास्तवमा पहिले निर्देशकले उनलाई चलचित्रमा लिन चाहेका थिएनन्। पहिले यस चलचित्रको निर्देशन चेतन आनन्दले गरिरहेका थिए। उनीहरुले पहिले चलचित्रको लागि वहीदालाई लिन चाहेका थिएनन्। तर नायक देव आनन्दले भने, वहीदासँग मेरो राम्रो अन्डरस्ट्यान्डिङ छ। दुई भर्जनमा चलचित्र बनाउन लागिएको हो। यस्तोमा कुनै समस्या आएमा वहीदाले चलचित्र छोडेर जाँदिनन्। यसरी देव आनन्दका कारण वहीदा यस चलचित्रसँग जोडिइन्।
- बीबीसी हिन्दीबाट अनूदित

प्रकाशित: Jul 15, 2023| 07:22 शनिबार, असार ३०, २०८०
प्रतिक्रिया दिनुहोस्