बिहीबार, असार ४, २०८३

नेपाली भाषालाई स्थापित गर्न भानुभक्तको विशिष्ट योगदानः गृहमन्त्री नारायणकाजी 

भानुभक्त नेपालको सांस्कृतिक एकताको प्रवद्र्धक र नेपाली भाषा साहित्यका मेरुदण्ड भएको गृहमन्त्री नारायणकाजीको धारणा।
 |  शुक्रबार, असार २९, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, असार २९, २०८०

काठमाडौं– उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपालको संस्कृतिक एकता प्रवद्र्धन तथा नेपाली भाषाको विकासमा आदिकवि भानुभक्त आचार्यको विशिष्ट योगदान रहेको बताएका छन्। आज २१०औं भानु जयन्ती अवसरमा आज नेपाल प्रज्ञाप्रतिष्ठानको सहयोगमा भानु प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा मन्त्री नारायणकाजीले यस्तो बताएका हुन्।

National life

सम्पर्क भाषा बनेको नेपाली भाषालाई घरघरमा स्थापित गराउन भानुभक्तको महत्त्वपूर्ण भूमिका रहेको उनको भनाइ छ। ‘भानुभक्तले नेपालको सांस्कृतिक एकताको प्रवद्र्धन गर्नुभयो। आज नेपाली मात्र होइन, नेपाली मूलका सबै विदेशी नागरिकले पनि भानुजयन्ती मनाउँछन्। भानुलाई सम्झेर नेपालसँग कुनै न कुनै प्रकारको साइनो, सम्बन्ध र एकताको भाव पैदा हुन्छ। सांस्कृतिक एकताका निम्ति भानुको योगदान अविष्मरणीय छ।’

उपप्रधानमन्त्री श्रेष्ठले नेपालको राष्ट्रिय स्वाधीनताको रक्षा गर्दै राष्ट्रिय एकता प्रवद्र्धन गर्न भानुभक्तबाट पनि प्रेरणा लिनुपर्ने उल्लेख गरे। ‘आदिकवि भानुभक्त आचार्य हाम्रो राष्ट्रिय विभूति हुनुहुन्थ्यो । हामी सबैको हृदयमा भानुभक्त अंकित छन्। भानुभक्तले नेपालीमा रामायण लेख्नुभयो, रामायण सबैको मुखमुखमा पुग्यो। त्यस कारणले पनि हामी उहाँलाई स्मरण गर्छौं’, उनले भने, तर त्यति मात्र होइन। उनले हामी सबैको आज मुख्य सम्पर्क भाषा बनेको, हामी सबैलाई जोड्ने माध्यम बनेको नेपाली भाषालाई स्थापित गर्न र घरघरमा पु¥याउन महत्त्वपूर्ण योगदान दिनुभयो।’

भानुभक्तले न्याय र जीवनको सार्थकताको पक्षमा आवाज उठाएको उल्लेख गर्दै उपप्रधानमन्त्री श्रेष्ठले जीवनको सार्थकता हरेकलाई बोध गराउन तथा न्यायको पक्षमा भूमिका निर्वाह गर्न प्रेरित गरेको स्मरण गरे।

‘आज विश्वका साथै नेपालमा पनि उपभोक्तावाद जबर्जस्त रुपमा अगाडि बढिरहेका बेला यो जीवन केका लागि? धनी भईकन मैले पनि समाजलाई केही गर्न सकिनँ। मेरो जीवनको के काम, एउटा घाँसीले केही गरिराखेको छ, मैले केही गर्न सकिनँ भन्नुभयो’, उनले भन्नुभयो, ‘यो सामान्य घटनाजस्तो लाग्छ। हाम्रो नेपाली समाजलाई चेतनशील बनाउन, जीवनको सार्थकता हरेकलाई बोध गराउन, सामाजिक कर्तव्य निर्वाह गराउन र न्यायको पक्षमा भूमिका निर्वाह गर्न  उद्घोष गर्नुभयो।’

Shivam cement

जीवनको सार्थकता र मूल्यबोध गर्ने विषयमा मनन गर्न आवश्यक रहेको उल्लेख गर्दै उपप्रधानमन्त्री श्रेष्ठले जीवनको सार्थकतालाई ग्रहण गर्न भानुभक्तबाट सिक्नुपर्ने बताए।

‘हामी व्यक्तिगत स्वार्थमा केन्द्रित हुने, व्यक्तिगत रुपमा कसरी सुविधाभोगी जीवन बिताउने भन्नेमा मात्रै केन्द्रित हुँदा हाम्रो देश र आफ्नो जीवन बर्बाद हुने खतरा हुन्छ’, उनले भने, ‘आफ्नो जीवन बचाउने हो भने समाज र राष्ट्रलाई अगाडि बढाउने हो भने पनि जीवनको सार्थकतालाई बोध गर्न भानुभक्तबाट प्रेरणा लिन आवश्यक छ।’
नेपालको पहिचान र गौरव कायम गर्न, नेपाली हुनाको गौरव स्थापित गर्न र भानुभक्तले निर्वाह गर्नुभएको भूमिका कायम प्रशंसनीय रहेको उनले बताए। 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले भानुभक्तले भाषा एकीकरणका सम्बन्धमा क्रान्तिकारी योगदान गरेको सुनाए। सम्पर्क भाषाका रुपमा नेपाली भाषाको विकास हुनुमा भानुभक्तको योगदान अतुलनीय रहेको उनको धारणा छ।’ ‘भोलि भनेर टार्ने राणाकालीन प्रशासनिक र न्याय प्रणालीको ढिलासुस्तीमाथि त्यो जमानामा भानुभक्तले व्यंग्य गर्नुभएको थियो। भानुभक्तले कवितामार्फत गर्नुभएको प्रहार चानचुने साहस थिएन’, उनले भने।

कार्यक्रममा विभिन्न साहित्यिक व्यक्तित्व तथा संस्थालाई सम्मान गरिएको थियो।

प्रकाशित: Jul 14, 2023| 14:39 शुक्रबार, असार २९, २०८०
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नयाँ अनुहारले नयाँपन ल्याउलान् चलचित्रमा ?

डेढ दशक अघिसम्म राजेश हमाल, निखिल उप्रेती, रेखा थापा, विराज भट्टलगायत कलाकारको दबदबा थियो। उनीहरूको पोस्टर देख्दामात्रै पनि दर्शक चलचित्र भवनसम्म पुग्थे।

वसन्त चौधरीको 'हृदयमा बलेको साहित्यको आगो'

हृदयमा कति आगो बलेको छ भन्ने कुरा हृदयमै चिहाएर हेर्न र बाहिरी ओठको मात्र नभएर भित्री खुसी खोजेर खबर सम्प्रेषण गर्न अर्थात् छाप्न पत्रकारहरूलाई नै...

पोखरामा चिनाइँदै जनकपुरको मिथिला संस्कृति

जनकपुरको धार्मिक, ऐतिहासिक, पौराणिक मिथिला संस्कृतिलाई पोखरेलीसामु ल्याउन प्रदर्शनी गर्न लागिएको हो।

थिमिमा कुभिण्डे जात्रा मनाइयो

कुभिण्डे जात्रामा फूलपातीका दिन सिद्धिकाली मन्दिरबाट फूलपातील्याई तलेजू दसैंघरमा भित्र्यापछि नवमीका दिन राँगो र बोकाको टाउको बलि दिने परम्परा रहिआएको छ।