बिहीबार, साउन ७, २०८३

सम्पूर्ण अपडेट- आज के-के भयो ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं-कात्तिक १९ गते सोमबार दिनभर बेग्लाबेग्लै समाचारले स्थान जमानए । भेरी नदीमा जीप खसेर १० जनाले ज्यान गुमाएको दुखद समाचार प्रकाशन भयो। योसहित राजपाको कार्यालयमा भ्रष्टाचार काण्ड, प्रचण्डका अगाडि मोटरसाइकल कुदाउनेको लाइसेन्स जफत लगायतका समाचार बढी चर्चामा रहे । के के भयो त दिनभरको अपडेट हेर्नुहोस् सारांशसहित

राजपाको कार्यलयमा भ्रष्टाचार काण्ड : सबै कर्मचारीलाई हटाइयो
राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले पार्टी कार्यालयभित्रको भ्रष्टाचार प्रकरणले गम्भीर रुप लिएको छ र कार्यलयमा कार्यरत सबै १२ जना कर्मचारीलाई हटाइएको छ। पार्टीको छविमा समेत नकारात्मक असर पर्ने भएकोले दशैंको मुखमा कुनै अभियोगबिना सबै कर्मचारीलाई हटाइए पनि अहिले भ्रष्टाचार कान्डको खुलासा भएको छ। हटाइएका कर्मचारीले कारण मागेपछि अध्यक्ष मण्डलका संयोजक र सदस्यहरुले आर्थिक अनियमिततामा संलग्न भएको कारण सबैलाई निष्कासन गरिएको खुलासा गरेका हुन्। 

प्रचण्डका अगाडि बाइक कुदाउनेको लाइसेन्स जफत
 इटहरीबाट एक टिफिन खाना बोकेर इटहरीका सरोज कार्की सोमबार बिहान विराटनगर पुगे । पौने ११ बजेको समयमा विराटनगरको भाटभटेनी सुपरस्टोर अगाडि मात्रै पुगेका थिए कार्की । कोशी अञ्चल अस्पतालको १२८ नम्बरको बेडमा भएकी ठुलोममीलाई खाना लिएर पुगेका कार्कीलाइ ट्राफिक प्रहरीले रोके । कार्कीले कारण सोध्दा एक पाका ट्राफिकले प्रचण्ड आएकाले बाइक कुदाउन नमिल्ने बताए । 

'लक्ष्मी' भित्र्याउन नयाँ भाँडाकुँडा
काग तिहारको दिनदेखि यमपञ्चक सुरु हुन्छ । काग तिहारका दिनमा नयाँ भाँडा किन्ने र त्यसैमा पकाएको नवैद्य लक्ष्मीलाई चढाउने परम्परा छ । देवता र दानव मिलेर वासुकी नागको नेती र मन्दराचल पर्वतको मदानी बनाई समुद्र मन्थन गर्दा धन्वन्तरीको उत्पत्ति भएको पुराणमा उल्लेख छ । धन्वन्तरी जयन्तीलाई चिकित्सकको शुभ सङ्कल्प तथा शुभकार्य सुरु गर्ने दिनका रुपमा लिने गरेका छन् ।

पटाकामा प्रहरीको निगरानी 
महानगरीय अपराध महाशाखाले कात्तिक ११ गते राजधानीबाट ठूलो परिणाममा पटाका बरामद गर्‍यो। राजधानीको व्यापारिक केन्द्र महाबौद्धमा सञ्चालन गरिएका दुई फरक पसलबाट बरामद गरिएको पटाकाको मूल्य एक करोड रुपैयाँभन्दा बढीको रहेको महाशाखाले जनाएको छ। बरामद पटाका गत असारमा काठमाडौं भित्रिएको दाबी प्रहरीले गरेको छ।

रमेशले रत्‍नपार्कमा गरे ‘काग’ सम्मेलन
प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म मनाइने हिन्दूको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहारको पहिलो काग तिहारको दिन सोमबार काग सम्मेलन गरिएको छ । 

विराटनगरमा पनि कुद्‍न थाल्यो रेल
 प्रदेश १ को अस्थायी राजधानी तथा प्रदेशको एक्लो महानगर विराटनगरमा भारतिय रेल भित्रिएको छ । सिमावर्ति भारतिय भुमिबाट विराटनगरमा रेलको परिक्षण पहिलोपटक गरिएसँगै रेल विराटनगरमा भित्रिएको हो । जनकपुरमा भारतिय ब्रोडगेज रेल भित्रिएको केहि समयपछि विराटनगरमा पनि रेल भित्रिएको हो ।

भेरी नदीमा जीप खस्यो, १० को मृत्यु, २ घाइते
डोल्पामा भएको जीप दुर्घटनामा १० जनाको मृत्यु भएको छ । दुई गम्भीर घाइते भएका छन् ।  सदरमुकाम दुनैबाट सुपानेतर्फ जाँदै गरेको भे१च १६१० नम्बरको जीप ठूलो भेरी नगरपालिका ९ स्थित सडकबाट भेरी नदीमा खसेर दुर्घटना भएको छ । 

राजपामा भाँडभैलो, ‘कार्यकर्ताले नै गरे राजेन्द्रको विरोधमा नाराबाजी’
एक अध्यक्ष वा अहिले झैँ अध्यक्ष मण्डलीय व्यवस्था राख्ने विषयमा विवाद कायम रहेकै बेला राष्ट्रिय जनता पार्टी (राजपा) नेपालभित्र सदस्यतासम्बन्धी अर्को विवाद बाहिर आएको छ । पार्टीभित्र आफ्नो अस्तित्व जोगाइ राख्न अध्यक्षमण्डलका केहि सदस्यहरु अध्यक्षमण्डलीय व्यवस्थालाई यथावत राख्ने पक्षमा देखिएका छन् भने दोस्रो तहका नेताहरु भने आगामी अधिवेशनबाट एकल अध्यक्षीय प्रणालीको अडान राखेका छन् । 

पोखरामा रमाउँदै इथियोपियाका पूर्वप्रधानमन्त्री 
इथियोपियाका पूर्वप्रधानमन्त्री लेन तम्राटले पर्यटकीय नगरी पोखरा पुगेका छन् । प्रसिद्ध व्यावसायिक संस्था अमेरिकन एक्स्प्रेसका पूर्वकार्यकारी अधिकृतसहितको १२ जना संलग्न सो टोलीको नेतृत्व गर्दै पूर्वप्रधानमन्त्री तम्राटले पोखरास्थित रुपाकोट तथा बेगनासको भ्रमण गरेका छन् ।  
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।