बिहीबार, साउन ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • राजपामा भाँडभैलो, ‘कार्यकर्ताले नै गरे राजेन्द्रको विरोधमा नाराबाजी’

राजपामा भाँडभैलो, ‘कार्यकर्ताले नै गरे राजेन्द्रको विरोधमा नाराबाजी’

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
जनकपुरधाम–एक अध्यक्ष वा अहिले झैँ अध्यक्ष मण्डलीय व्यवस्था राख्ने विषयमा विवाद कायम रहेकै बेला राष्ट्रिय जनता पार्टी (राजपा) नेपालभित्र सदस्यतासम्बन्धी अर्को विवाद बाहिर आएको छ । 

पार्टीभित्र आफ्नो अस्तित्व जोगाइ राख्न अध्यक्षमण्डलका केहि सदस्यहरु अध्यक्षमण्डलीय व्यवस्थालाई यथावत राख्ने पक्षमा देखिएका छन् भने दोस्रो तहका नेताहरु भने आगामी अधिवेशनबाट एकल अध्यक्षीय प्रणालीको अडान राखेका छन् । 

पार्टी नेतृत्व कस्तो हुने विवाद चलि रहेकै बेला अध्यक्षमण्डलका एकजना सदस्यले आफू अनुकूल सदस्यता वितरण गर्न खोजेपछि पार्टी भित्रको गुटगत राजनीतिको विवाद छताछुल्ल भएको छ । पार्टीकै नेता कार्यकर्ताले अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतोविरुद्ध चर्को नाराबाजी गरेपछि विवाद बाहिर आएको हो ।

अब हुने महाधिवेशनलाई लक्षित गरेर अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतोले आफूअनुकूल सदस्यता वितरण खोजेको भन्दै राजापा धनुषाका नेता कार्यकर्ता असन्तुष्ट देखिएका छन् ।

पार्टीको महाधिवेशनलाई मध्यनजर गरी राजपाले अहिले सबै जिल्लामा सदस्यता वितरण अभियान सुरू गरेको छ । र, यहि अभियान अन्तर्गत धनुषाको सबै निर्वाचन क्षेत्रमा क्षेत्रीय भेलासमेत गर्दै आइरहेको छ । जिल्ला स्तरीय अध्यक्षमण्डलले भेलाको अध्यक्षता हरेक निर्वाचन क्षेत्रका प्रभारीले गर्ने निर्णय नै गरेको छ ।

१२ कात्तिकमा राजपा नेपालले धनुषा निर्वाचन क्षेत्र नम्बर ३ को फुलगामा भन्ने स्थानमा क्षेत्रीय भेला डाकेको थियो । जिल्ला स्तरीय अध्यक्षमण्डलको निर्णय अनुसार उक्त भेलाको अध्यक्षता प्रभारी सतिशलाल कर्णले गर्नुपर्ने थियो । भेलाको अध्यक्षता महतो आफैले गर्ने मनसाय व्यक्त गरे ।

तर, जिल्लाका नेता कार्यकर्ता मान्न तयार नभएपछि महतो इतरका समर्थकहरुले कार्यक्रम चलि रहेकैबेला जिल्ला अध्यक्षमण्डलको विरोधमा चर्को नाराबाजी गरे । उनीहरुले नाराबाजी गरिरहेकै बेला त्यहाँ उपस्थित राजपाका अन्य कार्यकर्ताहरुले अध्यक्षमण्डलका सदस्य महतोविरुद्ध र खनिए । र, महतोको विरोधमा नाराबाजी सुरू गरे ।

भेलामा स्थिति प्रतिकूल बन्दै गएपछि राजपाका केन्द्रीय सदस्य तथा पूर्वसभासद डा.विजयकुमार सिंहले माइक समाएर शान्त हुन सबैलाई आग्रह गरेका थिए । तर, नाराबाजी नरुकेपछि महतो आफैले माइक समाएर कटाक्ष गर्दै भने,‘तमलोपा, रामसपाको भुत बिर्सनुस । त्यो भुतले केहि काम दिँदैन् ।’ यस्तै गतिविधि रहे पार्टी फुट्न सक्ने महतोको चेतावनी थियो ।

त्यसपछि बोल्ने पालो आयो कार्यक्रमका अध्यक्षता गरिरहेका प्रभारी कर्णको । कर्णले पनि महतोतर्फ कटाक्ष गर्दै भने,‘भुत हामीलाई होइन, तँपाइलाई समाएको छ ।’ महतो धनुषा निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।

१६ कार्तिकमा धनुषा निर्वाचन क्षेत्र नम्बर २ को बलगंगामा राखिएको क्षेत्रीय भेला हुन नदिने महतो गुटका केहि नेताहरुले चेतावनी नै दिएको राजपा धनुषाका एक पदाधिकारीले बताएका छन् । तर तोकिएकै मितिमा त्यहाँ कार्यक्रम आयोजना भयो उनले बताए । क्षेत्र नम्बर २ मा पनि क्षेत्रीय प्रभारील देवकृष्ण मण्डलले कार्यक्रमको अध्यक्षता गरे । कार्यक्रम सुरू भए लगत्तै फुलगामा जस्तै महतो समर्थक केही कार्यकर्ताहरुले जिल्ला अध्यक्षमण्डलको विरोधमा नाराबाजी सुरू गरेको ती पदाधिकारीले बताए । उनीहरुको नाराबाजी नरुकेपछि कार्यक्रममा उपस्थित स्थानीयहरुले नाराबाजी गर्ने महतो समर्थकलाई कुटपिट गरेर त्यहाँबाट भगाउन लगाएको उनको दाबी छ ।

नाम न छाप्ने शर्तमा ती पदाधिकारीले नेपाल समयलाई भने,‘राजेन्द्रजी पार्टी आफ्नो कब्जामा गर्न खोज्नु भएको छ, महाधिवेशनलाई दृष्टिगत गरी मनपरी सदस्यता वितरण गर्नु भएको छ । उनको कार्यशैलीप्रति हाम्रो असन्तुष्टी छ ।’

‘अध्यक्ष मण्डल सदस्य महतोले आफूअनुकूल ‘डेलिगेट’ ल्याउन ३०/४० हजार सदस्यता बाँडनु भएको छ,’ उनले भने,‘तर पुराना बाँडिएका सबै सदस्यता खारिज भएको छ ।’ पार्टीभित्र कुनै तथ्यांक नै नराखेर महतोले सदस्यता बाँडिएको उनको दाबी छ ।

राजपाका ती जिल्ला पदाधिकारीका अनुसार क्षेत्रीय भेला चलिरहेकै बेला पार्टीका एक प्रदेशसभा सदस्यले भनेका थिए,‘हाम्रो पार्टीका एकजना अध्यक्षमण्डल सदस्यले नेकपा नेता रघुवीर महासेठसँग जातीय समीकरण नै बनाउनु भएको छ । जातीय समीकरण नै बनाउनु पर्‍यो भने राजपा छोडर नेकपामा गए भइहाल्यो नि ।’

अध्यक्षमण्डलका सदस्यहरुका कारण पार्टीभित्र गुटबन्दी हाबी भएको भन्दै राजपाका स्थानीय नेता कार्यकर्ता रुष्ट बन्न थालेका छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।