NadaNada
बुधबार, भदौ ४, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • आर्थिक अराजकता नियन्त्रणका लागि सरकार प्रतिबद्ध छ : अर्थमन्त्री महत

आर्थिक अराजकता नियन्त्रणका लागि सरकार प्रतिबद्ध छ : अर्थमन्त्री महत

 |  बिहीबार, असार २८, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, असार २८, २०८०

vianetvianet

काठमाडौं- अर्थमन्त्री डा प्रकाशशरण महतले आर्थिक अराजकता नियन्त्रणका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन्।

राष्ट्रियसभाको बैठकमा विनियोजन विधेयक, अन्तर्गत अर्थ मन्त्रालयको विभिन्न शीर्षकमाथि उठेका प्रश्नको जवाफमा अर्थमन्त्री महतले मुलुकको आर्थिक अवस्था सुधार गर्दै यस क्षेत्रको अराजकता नियन्त्रणका लागि सरकार प्रतिबद्ध बताएका हुन्।

उनले आर्थिक अवस्था सुधारका लागि अन्य मन्त्रालयसँगको समन्वयमा मन्त्रालय अघि बढेको जिकिर गरे उनले मुलुकभित्र प्राकृतिक प्रकोपलगायत अत्यावश्यक कामका लागि खर्च गर्नका लागि आकस्मिक कोष र विविध शिर्षकमा बजेट राखिएको पनि बताए।

अर्थमन्त्री महतले आकस्मिक कोष र विविध शिर्षकमा राखिएको बजेट पूर्ण रुपमा पारदर्शी हुने र यसको दूरुपयोग हुन नदिने स्पष्ट पारे। उनले अनावश्यक खर्च रोक्ने र अनुशासनलाई पहिलो प्राथमिकताम राखिएको उल्लेख गरे।

उनले लक्ष्यअनुसारको आम्दानी नभएका कारण संघीय सरकारको बजेट घटाएको र केही मात्रामा प्रदेश सरकारको बजेट पनि कम गरिएको बताए।

Metro Mart

प्रकाशित: Jul 13, 2023| 18:56 बिहीबार, असार २८, २०८०
प्रतिक्रिया दिनुहोस्