बिहीबार, साउन ७, २०८३

प्रचण्डका अगाडि बाइक कुदाउनेको लाइसेन्स जफत

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
इटहरीः इटहरीबाट एक टिफिन खाना बोकेर इटहरीका सरोज कार्की सोमबार बिहान विराटनगर पुगे । पौने ११ बजेको समयमा विराटनगरको भाटभटेनी सुपरस्टोर अगाडि मात्रै पुगेका थिए कार्की । कोशी अञ्चल अस्पतालको १२८ नम्बरको बेडमा भएकी ठुलोममीलाई खाना लिएर पुगेका कार्कीलाइ ट्राफिक प्रहरीले रोके । कार्कीले कारण सोध्दा एक पाका ट्राफिकले प्रचण्ड आएकाले बाइक कुदाउन नमिल्ने बताए । 

 आफूभन्दा पछाडि आएका प्रचण्डको सुरक्षामा बिरामीको खाना बोक्ने बाइक समस्या नभएको कार्कीले ट्राफिकसँग आगह गरे । ट्राफिकले प्रचण्डको गाडि गएपछि मात्रै जान पाइने भनेर कड्किए । को १९ प ७३५५ नम्बरको बाइकमा आएका कार्कीलाइ दुुवै मृगौलामा पत्थरिया भएकी ठुलोममीलाई समयमै खाना पुर्‍याउनु थियो । 

 उनले ट्राफिकसँग प्रश्न गरे, ‘हामीले जिताएको नेता आउँदा हामीले बिरामीको खाना पनि लान नपाउने?’ कार्कीको यो प्रश्नमा ट्राफिकले कठोर प्रतिक्रिया दिदै भने, ‘तपाँइ पनि मन्त्री नेता बन्नु न हामी सलाम ठोक्छौँ । तर, बाटोमा हिड्न यो बेलामा दिँदैनौँ ।’

ट्राफिकले कार्कीको बाइक र चाबी खोसे । यत्तिन्जेलसम्म पनि प्रचण्डको सवारी भएको थिएन । बाइक र चाबी मात्रै हैन हेल्मेट पनि लानु भनेर कार्कीले थमाए र आफु विद्युतीय रिक्सामै जाने बताए । ट्राफिकले त्यसपछि चाबी र बाइक दिए। त्यसपछि मूल सडक भएर नहिँडन् भनेको उनले सुनाए ।

पछि प्रचण्डको मुख्य सडकको सवारी सकियो । कार्कीले ठुलोममीलाइ खाना दिने काम पनि सकियो । महेन्द्र चोक नजिकको ट्राफिक पोस्टमा लाइसेन्स लिन पुगेका कार्कीलाइ ट्राफिकले १५ सय जरिमाना मागेको कार्कीले बताए । उनले भने, ‘मैले के नियम उल्लंघन गरेकोमा १५ सय भन्दा प्रचण्डको सवारीमा अबरोध गरेको भनियो ।’ 

भाटभटेनी जस्तो सिसी क्यामेरा अगाडि हिडेको भन्दै आफूले ट्राफिक नियम उल्लंघन गरेको प्रमाण दिएमा तिर्न तयार भएको  कार्की बताउँछन । तर, प्रचण्ड अगाडि हिडेकै आधारमा कसरी तिर्नु, कार्कीले इटहरीमा पत्रकारहरुसँग बोल्दै दुःखेसो पोखे।

लाइसेन्स खोसेको बारेमा जानकारी छैनः ट्राफिक प्रमुख पोखरेल

प्रचण्ड आएको बोटोको अगाडि मोटरसाइकल कुदाएका बिरामीको खाना बोक्ने युवाको लाइसेन्स खोसिएको बारेमा आफुलाई थाहा नभएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका इन्सपेक्टर शिव पोखरेलले बताए । उनले भने, ‘त्यस्तो लाइसेन्स खोसेको त कुरै आएको छैन ।’
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।