इलाम–प्रभू बैंक लिमिटेडले इलामको फाकफोकथुम गाउँपालिका अन्तर्गतको शिकारी भञ्ज्याङबाट शाखारहित बैंकिङ सेवा सुरु गरेको छ ।
सोमबारदेखि सुरु भएको यो बैंकिङ सेवाको प्रभु बैंक इलामका शाखा प्रमुख रोशन संग्रौला र सञ्चालक प्रमुख अभिशेष घिमिरेले शिकारी भञ्ज्याङमा शाखारहित बैंकिङ सेवा सुरु गरेका हुन्। शाखारहित बैंकिङ सेवाका लागि देउकुमार कटुवाल अभिकर्ता छन् । सेवाको उद्घाटनमा फाकफोकथुम गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष डिकबहादुर थापा, एकतप्पा बहुमुखी क्याम्पसका प्रमुख खेमप्रसाद खनालको उपस्थिति थियो ।
प्रभु बैंकले इलामका नौ स्थानबाट शाखारहित बैंकिङ सेवा सञ्चालन गर्दै आएको छ । शाखारहित बैंकिङ सेवा सञ्चालनका लागि उन्नती परियोजनाले बैंकलाई सहयोग गरेको बैंकका कर्मचारी फुर्वा शेर्पाले जानकारी दिए ।
शाखारहित बैंकिङ सेवामार्फत खाता खोल्न, रकम जम्मा गर्न र डेविट कार्डमार्फत रकम झिक्न सकिन्छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४