आइतबार, असार २८, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • मलेसियाको म्याक्स मनिबाट नेपालमा पैसा पठाउन प्रतिबन्ध

मलेसियाको म्याक्स मनिबाट नेपालमा पैसा पठाउन प्रतिबन्ध

 |  बिहीबार, असार २८, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, असार २८, २०८०

काठमाडौं- मलेसियाको म्याक्स मनि प्रालिलाई नेपालमा रेमिट्यान्स कारोबार गर्न रोक लगाइएको छ। बिहीबार सार्वजनिक सूचना जारी गर्दै नेपाल राष्ट्र बैंकले सबै इजाजतपत्र वित्तीय संस्थालाई म्याक्स मनिसँग कारोबार गर्न रोक लगाएको हो।

म्याक्स मनिले रेमिट्यान्सबापतको रकम नेपालका वित्तीय संस्थाहरुलाई भुक्तानी नगरेकाले यसअघि २०७५ सालमा पनि सो संस्थासँग कारोबार गर्न रोक लगाएको थियो। त्यसपछि बीचमा म्याक्सले आंशिक रकम भुक्तानी गरेपछि २०७६ माघमा प्रतिबन्ध फुकुवा गरिएको थियो। प्रतिबन्ध फुकुवा गरेपछि पनि तोकिएको बाँकी बक्यौता भुक्तानी नगरी शर्त पालना नगरेको भन्दै राष्ट्र बैंकले अहिले प्रतिबन्ध लगाएको हो।

म्याक्स मनिसँग कुनै पनि रेमिट्यान्स कारोबार नगर्न, नगराउन र सो संस्थाले नेपालीसँग मलेसियामा रकम संकलन गरी अन्य मल्टिकरिडोरमार्फत त्यस्तो रकम पठाउने कार्यका लागि तेस्रो पक्षबाट हुने कारोबार समेत स्वीकार नगर्न राष्ट्र बैंकले सूचनामा भनेको छ।

प्रकाशित: Jul 13, 2023| 17:45 बिहीबार, असार २८, २०८०
प्रतिक्रिया दिनुहोस्