मंगलबार, वैशाख २९, २०८३

नाडा अटो शो भदौ २६ देखि, स्टल बुकिङ खुला

 |  बिहीबार, असार २८, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, असार २८, २०८०

काठमाडौं- नाडा अटोमोबाइल एशोसिएसन अफ नेपालले चार वर्षपछि नाडा अटो शो गर्ने भएको छ। कोभिड र आयात प्रतिवन्धका कारण हरेक वर्ष हुँदै आएको सवारी साधन सम्वन्धि प्रदर्शनी रोकिएको थियो।

National life

प्रदर्शनीका लागि स्टल बुकिङ बुधबारदेखि खुलेको छ। नाडाले एक सुचना जारी गर्दै यही भदौ २६ देखि ३१ गतेसम्म हुन गइरहेको नाडा अटो शो २०२३ का लागि सवारी बिक्रेताहरुलाई स्टल बुकिङ खुला गरेको हो। कोभिड १९ का कारण ३ वर्ष र आयात प्रतिबन्धका कारण एक वर्षदेखि नाडा अटो शो हुन पाएको छैन। गत वर्ष हुन लागेको प्रदर्शनीलाई नाडाले नाडा इभी अटो एक्स्पो गरेको थियो।

यो प्रदर्शनी काठमाडौंको प्रदर्शनीमार्गको भृकुटी मण्डप परिसरमा आयोजना हुने नाडाले जनाएको छ। यसैका लागि नाडाले गाडी बिक्रेताहरुलाई आफ्नो गाडी वा बाइकहरु डिस्प्ले गर्ने ठाउँ बुक गर्न बुकिङ खुलाएका हुन्।

प्रदर्शनीमा विद्युतीय लगायतका चार पाङ्ग्रे, तीन पाङ्ग्रे तथा दुई पाङ्ग्रे सवारी तथा ढुवानीका साधनहरु, स्पेयर पार्ट्स, टायरट्युब, ब्याट्री, एसेसरिज र ग्यारेज उपकरणहरु समेत राखिने नाडाले जनाएको छ। प्रदर्शनीमा बैंक, इन्स्योरेन्स लगायत ट्राफिक, सडक सुरक्षा र वातावरणसँग सम्बन्धित संघ संस्थाहरु समेतको सहभागिता हुने नाडाले जनाएको छ। झण्डै ४ वर्षपछि हुन लागेको प्रदर्शनीमा १ लाखभन्दा बढी दर्शकले अवलोकन गर्ने नाडाले जनाएको छ।

कोभिडको दीर्घकालिन असर, सरकारले केही सवारी साधनको आयातमा लगाएको प्रतिबन्ध र प्रतिकूल मौद्रिक नीति जस्ता विभिन्न कारणहरुले विगतमा सुस्ताएको अटोमोबाइल व्यवसायमा सुधार आउने अपेक्षा गरिएको छ।

 

प्रकाशित: Jul 13, 2023| 20:25 बिहीबार, असार २८, २०८०
प्रतिक्रिया दिनुहोस्