मंगलबार, वैशाख २९, २०८३

एचआईडीसीएलको १८ आयोजनामा २१ अर्ब ऋण लगानी

 |  बिहीबार, असार २८, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, असार २८, २०८०

काठमाडौं- हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपलमेन्ट कम्पनी लिमिटेड (एचआइडीसीएल)ले हालसम्म १८ वटा जलविद्युत आयोजनामा २१ अर्ब २ करोड ऋण लगानी गरेको छ।

National life

कम्पनीका अनुसार १२ वटा जलविद्युतसंग सम्बन्धित कम्पनी तथा आयोजनाहरुमा करिब ५ अर्ब ३४ करोड रुपैयाँ सेयर लगानी सहित ३० वटा आयोजनामा २६ अर्ब ३६ करोड रुपैयाँ लगानी स्वीकृत भएको छ।

कम्पनीको प्रमुख कार्यकारी अधिकृत अर्जुनकुमार गौतमले १२ औं वार्षिक उत्सवको अवसरमा सार्वजनिक गरेको प्रतिवेदन अनुसार कुल वित्तीय स्रोत २५ अर्ब ४७ करोड रुपैयाँ पुर्‍याएको छ। कम्पनीको चुक्ता पुँजी २२ अर्ब ७८ करोड रुपैयाँ, जगेडा कोष १ अर्ब ९९ करोड रुपैयाँ र अन्य दायित्व तथा व्यवस्था ७० करोड रुपैयाँ रहेको छ।

यो रकम गत वर्षको तुलनामा ११ प्रतिशतले बढी हो। कुल वित्तीय स्रोतमध्ये ९ अर्ब २४ करोड रुपैयाँ ऋण लगानीमा, अर्ब २४ करोड रुपैयाँ सेयर लगानीमा, १२ अर्ब ६३ करोड रुपैयाँ बाणिज्य बैंकहरुको मुद्दति निक्षेपमा र बाँकी ३६ करोड रुपैयाँसहित चल अचल सम्पत्तिमा उपयोग भएको छ।

ऋण लगानी तर्फ १०३१ मेगावाटको अप्पर अरुण जलविद्युत, २१० मेगावाटको चैनपुर सेती लगायत ५ वटा आयोजनामा करिब ३० अर्ब रुपैयाँ र सेयर लगानीतर्फ निजी क्षेत्रका ४ वटा आयोजनमा करिब २ अर्ब ५० करोड रुपैयाँ लगानी प्रतिवद्धता जनाएको छ।
आर्थिक वर्ष २०७९-८० को अवधिमा कम्पनीले ५९ करोड रुपैयाँ सेयर लगानी र २ अर्ब ८६ करोड रुपैयाँ ऋण लगानी गरी कुल ३ अर्ब ४५ करोड रुपैयाँ थप लगानी प्रवाह गरेको छ।

चालु आर्थिक वर्ष १ अर्व ४४ करोड रुपैयाँ खुद मुनाफा हुने अनुमान छ। सो मुनाफाको रकम अघिल्लो आर्थिक वर्षको तुलनामा ५२ प्रतिशतले बढी हो।

 

प्रकाशित: Jul 13, 2023| 18:48 बिहीबार, असार २८, २०८०
प्रतिक्रिया दिनुहोस्