“योर पार्टनरफर प्रोग्रेस”भन्ने नाराका अघि बढेको सिटिजन्स बैंकले जेष्ठ नागरिकलाई खाना खुवाउने भएको छ । मीनभवनस्थित निःसहाय सेवा सदन, ज्येष्ठ नागरिक आवास गृहका ४० वृद्धवृद्धालाई बैंकले खाना खुवाउने भएको हो ।
बैंकले स्थापनाकाल देखिनै उक्तआवास गृहमा रहेका ज्येष्ठ नागरिकलाई भोजनको व्यवस्था प्रबन्धगर्दै आएको छ। यसैको निरन्तरता स्वरूप यस वर्ष पनि बैंकले उक्त कार्यक्रम संचालन गरेको हो। बैंकले देखाएको यस अग्रसरताले ज्येष्ठ नागरिकको हेरचाहमा टेवापुग्ने धारणा बैंकले लिएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४