मंगलबार, वैशाख २९, २०८३

पशुपति विकास कोषलाई प्रभु बैंकको गाडी सहयोग

 |  बिहीबार, असार २८, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, असार २८, २०८०

काठमाडौं- प्रभु बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत पशुपति क्षेत्र विकास कोषलाई फोहरमैला व्यवस्थापन गर्ने प्रयोजनका लागि टाटा एसको हाइड्रोलिक हपर टिपर गाडी प्रदान गरेको छ।

National life

असार २७ गते संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा आयोजित एक कार्यक्रमबीच बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले पर्यटनमन्त्री तथा पशुपति क्षेत्र विकास कोषका अध्यक्ष सुदन किरातीलाई उक्त गाडीको साँचो हस्तान्तरण गरेका छन्।

उक्त गाडी दैनिक सञ्चालनका लागि बैंकले एक जना चालकलाई एक वर्षको पारिश्रमिक बापत ३ लाख रुपैयाँ रकम समेत उपलब्ध गराउने छ। उक्त कार्यक्रममा पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. मिलनकुमार थापा, कोषाध्यक्ष नारायणप्रसाद सुवेदी, कार्यकारी निर्देशक डा. घनश्याम खतिवडा लगायत कोषका परिषद् सदस्यहरु तथा अन्य पदाधिकारीहरु, बैंकका चिफ मार्केटिङ अफिसर मञ्जयराज पाण्डे लगायतको उपस्थिति थियो।

उक्त हाइड्रोलिक हपर टिपर गाडी प्रदान गर्ने कार्यले कोषलाई पशुपति क्षेत्र वरपरको फोहरमैला व्यवस्थापनमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ।

 

प्रकाशित: Jul 13, 2023| 18:21 बिहीबार, असार २८, २०८०
प्रतिक्रिया दिनुहोस्