मंगलबार, वैशाख २९, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • हिमालय एयरलाइन्सको टिकट इसेवा र मास्टरकार्डबाट काट्न सकिने

हिमालय एयरलाइन्सको टिकट इसेवा र मास्टरकार्डबाट काट्न सकिने

 |  बिहीबार, असार २८, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, असार २८, २०८०

काठमाडौं- हिमालय एयरलाइन्सको टिकट अब इसेवा र मास्टरकार्डबाट पनि काट्न मिल्ने भएको छ। कम्पनीले इन्टरनेट बुकिङ इन्जिन सेवा संचालनमा ल्याएको हो।

National life

यो सेवामार्फत यात्रुले कम्पनीको आधिकारिक वेबसाइटमार्फत मोबाइल/डेस्कटप मर्फत नै आफूले इच्छाएको गन्तव्यको टिकट बुकिङ गर्न सक्ने कम्पनीले जनाएको छ। कम्पनीले केही समयमा नै कनेक्ट आइपीएस र युनियन पेमार्फतसमेत भुक्तानी सेवा सुरु गर्नका लागि गृहकार्य सुरु गरिसकेको जनाएको छ।     

‘ग्राहकहरूलाई बढीभन्दा बढी गुणस्तरीय सेवाप्रदान गर्न हामी सदैव तत्पर छौं,’ कम्पनीका उपाध्यक्ष विजय श्रेष्ठले भने, ‘यसै अन्तर्गत टिकटको लागि सरल, छिटो–छरितो बनाउने उद्देश्यले इन्टरनेट बुकिङ इन्जिन सेवा सुरु गरेका हौं।’ यात्रुले रिफन्ड रिक्‍वेस्ट, टिकट दर, बुकिङलगायतका सेवा उपयोग गर्न सक्ने बताइएको छ। कम्पनीले प्रि–बुकिङ, खानाको परिकार छनोट, लाउन्ज सेवाको बुकिङ लगायत नयाँ सेवा समेत पाउने कम्पनीले जनाएको छ।

सन् २०१४ मा यती वर्ल्ड इन्भेष्टमेन्ट र तिब्बत सिभिल एभिएसन डेभलपमेन्ट एण्ड इन्भेष्टमेन्टको संयुक्त लगानीमा हिमालय एयरलाइन्स संचालनमा आएको थियो। हाल कम्पनीले तीनवटा एयरबस ३२०-२१४ र एउटा एयरबस ३१९-११५ गरी कुल चार वटा जहाजमार्फत सेवा दिँदै आएको छ। हिमालयले संयुक्त अरब इमिरेट्स, मलेसिया, कतार, साउदी अरेबिया, कुवेत, बंगलादेश र चीनका विभिन्न सहरमा नियमित व्यवसायिक उडान संचालन गरिरहेको छ।

 

प्रकाशित: Jul 13, 2023| 18:07 बिहीबार, असार २८, २०८०
प्रतिक्रिया दिनुहोस्