बिहीबार, साउन ७, २०८३

प्रदर्शनीमा ६२ लाखको फूल बिक्री  

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- बाह्रौँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनीमा ४४ हजार ५ सय जनाले अवलोकन गरेका छन्। चार दिनसम्म सञ्चालित उक्त प्रदर्शनीमा ६२ लाख रुपैंया बराबरको कारोबार गर्दै आइतबार सम्पन्न भएको हो। 

प्रदर्शनीको ललितपुरको जौलाखेलमा बिहीबार प्रदेश नं ३ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र पुष्प विकास केन्द्रको सहयोगमा फ्लोरीकल्चर एशोसिएसनले शुरु गरेको थियो। 

मेलामा गएको वर्षहरुको तुलनामा यस वर्ष उत्साहजन रुपमा सम्पन्न भएको एशोसिएशनले जानकारी दिएको छ। 

अयोजककाअनुसार ४५ लाख रुपैंया बाराबरको कारोबार हुने अपेक्ष गरेकोमा त्योभन्दा १७ लाख बढी ६२ लाख रुपैंयाको कारोबार भएको छ। ‘रोपेर फुल गोदावरी सजाऔं घर आँगन वरिपरी’ भन्ने मूल नाराका साथ सकिएको प्रदर्शनीमा गोदावरीका साथै तिहारमा घर सजावटका लागि प्रयोग हुने फूलहरू बढी बिक्री भएको जनाइएको छ। 

कुन दिन कति फूल बिक्यो?


नजिकिएको तिहारमा अयोजना गरिएको उक्त प्रदर्शनीको तेस्रो दिन मै ३९ हजार बढीले अवलोकन गरी ५० लाख रुपैंयाको फूल बिक्री भएको अयोजकले बताएको छ। 

आयोजककाअनुसार प्रदर्शनीको अन्तिम दिन पाँच हजारले अवलोकन गरेका छन्। साथै साढे ११ लाख रुपैंयाको फूल बिक्री भएको छ।


मेलामा पहिलो दिन नौं हजार  पाँच सय अवलोकनकर्ता पुग्दा करिब १३ लाख रुपैंयाको कारोबार भएको थियो। दोस्रो दिन १२ हजार बढीले अवलोकन गर्दा करिब १६ लाख ५० हजार बढीको कारोबार भएको थियो। 

तेस्रो दिन शनिबार विदा परेका कारण १७ हजार अवलोकनकर्ता पुगेको मेलामा २१ लाख रुपैंयाको बराबरको कारोबार भएको थियो। 

प्रदर्शनीमा ४५० भन्दाबढी जातका फूलका ४८ वटा कक्ष समावेश थिए। तिहारलाई प्राथमिकतमा राखिएको प्रदर्शनीमा गोदावरी फूलका विभिन्न प्रकार स्पाइडर, मिनियचर, इन्क्रर्भ, रिफ्लेक्स तथा कट फ्लावर विधालाई समावेश गरिएको थियो। 

सन् २०११ देखि नेपाल प्राइभेट नर्सरी स्थापनासँगै सामान्य स्तरमा शुरु भएको फूल व्यवसाय गएको आर्थिक वर्षको अन्त्यसम्ममा ४३ जिल्लामा विस्तार भइसकेको छ।



 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्