मंगलबार, वैशाख २९, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • बाढीपहिरोले दुई राजमार्गमा यातायात सम्पर्क विच्छेद

बाढीपहिरोले दुई राजमार्गमा यातायात सम्पर्क विच्छेद

बाढीपहिरोका कारण हालसम्म १८ वटा एकतर्फी सडक सञ्चालन र करिब २५ करोडको क्षति अनुमान।
 |  बिहीबार, असार २८, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, असार २८, २०८०

काठमाडौं– सडक विभागले निरन्तरको वर्षापछि आएको बाढीपहिरोका कारण हालसम्म दुई राजमार्ग पूर्णतया अवरुद्ध रहेको जनाएको छ। बाढीपहिरोकै कारण १८ वटा राजमार्ग एकतर्फी मात्रै सञ्चालनमा रहेको विभागको विज्ञप्तिमा उल्लेख छ।

National life

पाँचथरको हेवा खोलाले पुल बगाउँदा केचना–चन्द्रगढी, चारआली–इलाम–फिदिम गणेशचोक–ताप्लेजुङ–ओलाङचुङगोला जोड्ने मेची राजमार्ग अवरुद्ध भएको हो।

विभागका अनुसार चतरा–मूलघाट–माझीटार–अमरापुरडाँडा–गणेशचोक जोड्ने तमोर करिडोर सडक पनि हेवा खोलाकै पुल बहेपछि अवरुद्ध छ।मनसुन सुरू भएयता १७ वटा सडक ८९ स्थानमा अवरूद्ध भएको थियो।

बाढीपहिरोले राजमार्गमा रहेका पुल बगाउँदा हालसम्म २४ करोड ९६ लाख क्षति भएको प्रारम्भिक अनुमान विभागको छ।

प्रकाशित: Jul 13, 2023| 13:03 बिहीबार, असार २८, २०८०
प्रतिक्रिया दिनुहोस्