काठमाडौं– बिहीबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ। महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ८०० ले बढेर १ लाख १२ हजार ४०० पुगेको हो।
यस्तै, चाँदीको मूल्य रु ४० ले बढेको छ। चाँदीको मूल्य प्रतितोला १ हजार १४० पुगेको छ। बुधबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ११ हजार ६०० र चाँदीको मूल्य १४०० थियो।
महासंघका अनुसार आज तेजावी सुनको मूल्य १ लाख ११ हजार ८५० र चाँदीको मूल्य १४४० रुपैयाँमा कारोबार भइरहेको छ।