मंगलबार, वैशाख २९, २०८३

बैंकहरूलाई दिइयो निक्षेपको ब्याजदर तोक्ने अधिकार

यसअघि बैंकमा निक्षेपको ब्याजदर संघले निर्धारण गर्दै आएकामा अबदेखि बैंकको स्वनिर्णयमा छाडिएको हो।
 |  बिहीबार, असार २८, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, असार २८, २०८०

काठमाडौं– नेपाल बैंकर्स संघ (एनबीए) ले निक्षेपको ब्याजदर तोक्ने जिम्मा सदस्य बैंकहरुलाई नै दिने भएको छ। आज बसेको संघको बैठकले उक्त निर्णय गरेको हो। यसअघि बैंकमा निक्षेपको ब्याजदर संघले निर्धारण गर्दै आएकामा अबदेखि बैंकको स्वनिर्णयमा छाडिएको हो।

National life

पछिल्लो समय बैंक तथा वित्तीय संस्थामा तरलता अधिक रहेको दाबी भइरहँदा संघले ब्याजदर निर्धारणको अधिकार बैंक स्वयंलाई दिएको हो। आजको बैठकले ब्याजदरको सीमा नतोक्ने निर्णय गरेको हो। हरेक नयाँ महिना सुरु हुनुअगावै बैंकहरूले ब्याजदर निर्धारण गरिसक्नुपर्ने राष्ट्र बैंकको प्रावधान छ।

निक्षेपको ब्याजरमा भद्र सहमतिको नाममा गर्दै हुँदै आएको कार्टेलिङ खारेज गर्दै बैंकहरुले नै ब्याजदर तय गर्ने सक्ने निर्णय भएको संघ अध्यक्ष सुनील केसीले जानकारी दिए। यो प्रावधान १ साउनदेखि लागू हुनेछ। राष्ट्र बैंकको निर्देशन अनुसार बैंकहरुले व्यक्तिगत मुद्दति निक्षेपमा दिँदै आएको अधिकतम ब्याजदरको औसत १० प्रतिशत सीमाभित्र रहेर ब्याजदर घटाउन वा बढाउन सक्नेछन्।

हाल वाािणज्य बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ९.९९ प्रतिशत ब्याजदर दिँदै आएका छन्। २६ असारसम्म बैंकहरुको कुल निक्षेप ५७ खर्ब ३६ अर्ब रुपैयाँ पुग्दा औसत कर्जा निक्षेप अनुपात (सिडी रेसियो) ८१.६९ प्रतिशतमा झरेको राष्ट्र बैंकको तथ्यांक छ।

प्रकाशित: Jul 13, 2023| 11:30 बिहीबार, असार २८, २०८०
प्रतिक्रिया दिनुहोस्