मंगलबार, वैशाख २९, २०८३

हेलिकप्टर उडानमा पाँच नयाँ नियम

 |  बिहीबार, असार २८, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, असार २८, २०८०

काठमाडौं- नेपाल नागरिक उड्डयन प्राधिकरणले हेलिकप्टर उडान सुरक्षित बनाउन नयाँ नियम ल्याएको छ। हेलिकप्टर दुर्घटनाका कारण नेपालको आकाश असुरक्षित रहेको सन्देश जाने भन्दै प्राधिकरणले यसमा कडाइ गर्न नयाँ नियम ल्याएको हो।

National life

हेलिकप्टर उडान थप सुरक्षित, व्यवस्थित र भरपर्दो बनाएर हवाई यातायातलाई अझै व्यावसायिक तथा मर्यादित रूपमा सञ्चालन गर्ने उद्देश्यले पाँच नयाँ नियम ल्याएको प्राधिकरणले बताएको छ।

यी हुन् पाँच नयाँ नियम

१. प्राधिकरणले हेलिकप्टर तथा दुर्गम उडानको नियमन तथा अनुगमनका लागि 'स्पेसल टास्क फोर्स' गठन गर्ने निर्णय गरेको छ।

२. हेलिकप्टर सम्बन्धी हाल विभिन्न विमानस्थलबाट भइरहेको अनुमति कार्य चालु मनसुन सेप्टेम्बरसम्म साप्ताहिक रूपमा समीक्षा गरी प्राधिकरण प्रधान कार्यालयबाट नै प्रदान गर्ने।

३. हेलिकप्टर उडान सञ्चालन अनुमति दिँदा प्रस्थान विन्दु वा अवतरण विन्दुमध्ये कम्तीमा एक स्थान विमानस्थल हुनुपर्छ।

४. प्राधिकरणले आगामी सेप्टेम्बरसम्मका लागि तीन प्रकारका हेलिकप्टर उडानमा रोक लगाएको छ। प्राधिकरणको नयाँ नियमअनुसार चालु मनसुन अवधि सेप्टेम्बरसम्म विशेष प्रकृतिको हेलिकप्टर उडान; माउन्टेन, सिलिङ तथा पुष्पवृष्टि सञ्चालन निषेध हुनेछ।

५. सेयर सदस्य (लगानीकर्ता) का रूपमा हेलिकप्टर कम्पनीमा संलग्न भई हाल सञ्चालन गर्दै आएका हेलिकप्टर चालकहरूलाई व्यावसायिक उडान सञ्चालनमा रोक लगाउने।

प्रकाशित: Jul 13, 2023| 07:55 बिहीबार, असार २८, २०८०
प्रतिक्रिया दिनुहोस्