बिहीबार, साउन ७, २०८३

भेरी नदीमा जीप खस्यो, १० को मृत्यु, २ घाइते

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- डोल्पामा भएको जीप दुर्घटनामा १० जनाको मृत्यु भएको छ । दुई गम्भीर घाइते भएका छन् । 

सदरमुकाम दुनैबाट सुपानेतर्फ जाँदै गरेको भे१च १६१० नम्बरको जीप ठूलो भेरी नगरपालिका ९ स्थित सडकबाट भेरी नदीमा खसेर दुर्घटना भएको छ । 

दुर्घटनामा ज्यान गुमाएका सात पुरुष र तीन महिला भएपनि उनीहरुको सनाखत हुन सकेको छैन । 

दुर्घटनास्थलबाट एक जनप्रतिनिधि र जीपका सहचालकलाई जीवितै उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रमुख प्रहरी नायव उपरीक्षक अवदेश विष्टले नेपाल समयलाई जानकारी दिए । 

घाइते दुवै जनालाई उपचारका लागि दुनै अस्पताल ल्याइँदै गरेको प्रहरीले जनाएको छ । 

दुर्घटनाग्रस्त जीप नदीमा डुबेको छ ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।