काठमाडौं-आइएमई र पल्पसा क्याफेबीच सम्झौता भएको छ । सम्झौता अनुसार आईएमई प्रीभिलेज कार्डबाहकले क्याफेमा उपलब्ध खानाका परिकारमा १५ प्रतिशत छुट पाउने व्यवस्था मिलाइएको छ ।
दुई संस्थाबीचको सम्झौतामा आईएमईका तर्फबाट व्यापार प्रबद्र्धन अधिकृत अविनाश श्रेष्ठ र पल्पसा क्याफेकोतर्फबाट प्रोपराइटर रिवाज शाहले हस्ताक्षर गरेका छन् । यो सम्झौता गत असोज २४ देखि दुई वर्षसम्म लागू हुने आइएमईले जनाएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४