बिहीबार, साउन ७, २०८३

दोहोरो अंकले बढ्यो नेप्से, सबै समूह हरियो

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- शेयर बजार दोहोरो अंकले बढेको छ। नेप्से बजारमा आएका सबै समूहको परिसूचक बढ्दा नेप्से दोहोरो अंकले उकालो लागेको हो। सोमबार नेप्से परिसूचक ११.९२ अंक बढेर एक हजार २१९.२० बिन्दुमा पुगेको छ।

‘क’ वर्गको सेन्सेटीभ इन्डेक्स समेत २.५१ अंक बढेर २५९.३२ बिन्दुमा पुगेको छ।

यो साताको पहिलो दिन आइतबार भने नेप्से परिसूचक १३.७० अंक घटेर २०७.२८ बिन्दुमा पुगेको थियो।

सोमबार १५५ कम्पनीको तीन हजार ५३ कारोबारबाट ८ लाख २२ हजार २०७ शेयर खरिद बिक्रीबाट २४ करोड ४५ लाख ७० हजार ५५२ रुपैयाँको कारोबार भएको छ। जसमा सबैभन्दा बढी ननलाईफ इन्स्योरेन्सको परिसूचक ८७.४५ अंक बढेको छ। 


त्यसपछि लाईफ इन्स्योरेन्सको परिसूचक ४९.६२, होटेल समूहको परिसूचक ३७.६२, बैंकिङ समूहको परिसूचक ११.५२, विकास बैंक समूहको परिसूचक १३.५९, हाइड्रो समूहको परिसूचक ७.५९ अंक बढेको छ।

फाइनान्स समूहको परिसूचक २.०७, उत्पादनमुलक समूहको परिसूचक ०.७,  अन्य समूहको परिसूचक २.९ र माइक्रोफाइनान्स समूहको परिसूचक १७.९८ बिन्दुमा पुगेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्